२० मंसिर २०८२, शनिबार
,
Latest
अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसका महिलाहरुलाई अवसर दिन जरुरीः उपसभामुख राना



अ+ अ-

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले मधेसका महिलाहरुलाई अवसर दिन जरुरी रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा मधेसी आयोगको छैटौँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मधेसका हरेक महिलालाई अवसरको खाँचो रहेको बताउनु भयो । उहाँले जातिय कुराले मधेसमा केही समस्या बढाइरहेको भन्दै यसलाई नियन्त्रण गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले मधेसमा छिटै विवाह गर्ने परम्परा रहेकाले त्यसलाई तोडेर आफ्नै खुट्टामा उभिनसक्ने भएपछि विवाह गर्नुपर्ने बताउनु भयो । जातिको कुरा गर्नेलाई दण्ड दिनुपर्ने बतउनु भयो ।

उपसभामुख रानाले भन्नुभयो, ‘आज मधेसका हरेक महिलालाई अपच्र्युनिटी दिनुपर्छ । अहिले पनि जातिय कुराले हामीलाई समस्या पारेको छ । मधेसमा जातको कारणले गर्दा मधेसमा छिटै बिहे गर्ने चलन छ । अहिले क्रिमिनलाइज भयो भन्ने छ । क्रिमिनलाइज हुन दिनु भएन । जसले जातिको कुरा गर्दछ, उसलाई दण्ड दिनुपर्छ । राम्रोसँग आयोगले, पुलिस प्रशासनले राम्रोसँग केयर गर्नुपर्छ ।’

उपसभामुख रानाले मानवतामा प्रश्न चिन्ह आउने कुराहरु तोड्न जरुरी रहेको बताउनु भयो ।