१० चैत्र २०८१, आईतवार
March 23, 2025 Sunday
Latest
योगदानमा आधारित स्वास्थ्य बिमा प्रणालीको आवश्यकता छः मन्त्री पौडेल राष्ट्रियसभामा विभिन्न विधेयक पेस क्षयरोगका बिरामी खोज्दै स्वास्थ्य कार्यालय जनता उज्यालोबाट अन्धकारतर्फ जान सक्दैनन्ः महासचिव पोखरेल ‘स्रोतको सही सदुपयोग गरी मुलुकको आर्थिक विकासमा लाग्नुपर्छ’ पानी टयाङ्करले ठक्कर दिँदा दुईको मृत्यु उपप्रधानमन्त्री प्रकाशमानलाई मेयर बालेनको सुझाव– कांग्रेसको माटोमा नमिसाउनु होला अमृत साइन्स क्याम्पस स्ववियुमा एमाले निकट अखिल प्यानल विजयी थुनुवालाई मापदण्ड बमोजिम हिरासतमा राखेका छौँः प्रहरी महानिरीक्षक थापा इशान किशनको शतकमा राजस्थान रोयल्सलाई २८७ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदले उठाएका प्रश्नको आज प्रधानमन्त्रीले जवाफ दिने



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद भवन बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम संसद् सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिन लाग्नुभएको हो ।

आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल र निर्णयका लागि प्रस्तुत गर्नुहुने छ ।

यसैगरी अर्थमन्त्री पौडेलले निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेलगायत बैठकको कार्यसूची रहेको संसद् सचिवालयले बताएको छ ।

आजको बैठकमा पनि शून्य समयमा सांसदहरूलाई समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउन समय छुट्टाइने भएको छ ।