५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदले उठाएका प्रश्नको आज प्रधानमन्त्रीले जवाफ दिने



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद भवन बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम संसद् सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिन लाग्नुभएको हो ।

आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल र निर्णयका लागि प्रस्तुत गर्नुहुने छ ।

यसैगरी अर्थमन्त्री पौडेलले निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेलगायत बैठकको कार्यसूची रहेको संसद् सचिवालयले बताएको छ ।

आजको बैठकमा पनि शून्य समयमा सांसदहरूलाई समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउन समय छुट्टाइने भएको छ ।