९ चैत्र २०८१, शनिबार
March 22, 2025 Saturday

11.12°C

काठमाडौं

11.12°C

Kathmandu

Feels-like: 10.53

Wind: 2.57

Humidity: 86

Latest
धनुषा प्रहरीद्वारा गाँजासहित एकजना पक्राउ दैनिक जीवनयापनसँगै मुलुकको समृद्धिका लागि पानीको महत्व बढेको छ : ऊर्जामन्त्री खड्का प्रदेश र स्थानीय सरकारलाई सबल बनाउनुपर्नेमा सभामुखको जोड निवार्हमुखी कृषिलाई आधुनिकिकरण र व्यवसायिकरण गर्नु पर्नेमा महासंघ अध्यक्ष ढकाललको जोड क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए कविता समाजलाई सुसुचित गर्ने महत्वपूर्ण माध्यमः पूर्वराष्ट्रपति भण्डारी केबलकार विवाद समाधान गर्न नेता शर्माको सुझाव अहिले देशमा शान्ति चाहिएको छ: पूर्वराजा शाह पूर्वविशिष्टहरुलाई सुविधा दिन हुँदैनः स्वास्थ्यमन्त्री केकेआरबाट शाहरुख खानले वार्षिक कति करोड कमाउँछन्?
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसले बहुमत ल्याउने प्रयास गर्न जरुरीः सभापति देउवा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानअनुसार कुनैपनि पार्टीको बहुमत आउन धेरै गाह्रो रहेको बताउनुभएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताउनुभएको हो ।

संविधानअनुसार कुनैपनि पार्टीको बहुमत आउन गाह्रो भएकाले अर्को पार्टीसँग मिल्नुपर्ने अवस्था रहेको बताउनु भयो । यसमा पार्टीको दोष नभइ संविधान नै त्यस किसिमको रहेको बताउनु भयो । यसलाई बुझेर काँग्रेसले बहुमत ल्याउने प्रयास गर्न जरुरी रहेको बताउनु भयो । उहाँले अहिलेको संविधान धेरै राम्रो रहेको बताउनु भयो । उहाँले मावेशी, समानुपातिकताका आधारमा बनेको संविधान भएकाले यसलाई बचाइराख्नुपर्ने बताउनु भयो ।

सभापति देउवाले भन्नुभयो, ‘अहिलेको संविधान अत्यन्तै राम्रो संविधान छ । यसमा समावेशी, समानुपातिकताका आधारमा बनेको संविधान छ । यस संविधानअनुसार कुनैपनि पार्टीको बहुमत आउन धेरै गाह्रो छ । त्यसकारण कुनैपनि पार्टीसँग मिल्नुपर्ने आवश्यकता छ । त्यसैले हाम्रो पार्टीले मेहनतका बाबजुत सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको छ । तर बहुमत ल्याउन सकेको छैन । पार्टीको दोष भन्दा पनि संविधान नै यस्तो किसिमको छ । धेरै कारण छन् । यसलाई बुझेर बहुमत ल्याउने प्रयत्न गर्नुपर्छ ।’

सभापति देउवाले नेपालको गाउँपालिकाहरुमा प्रमुख वा उपप्रमुखमध्ये एकमा महिला अनिवार्य नै भएको बताउनु भयो । महिलालाई प्रत्यक्ष राजकीय प्रशासनमा प्रत्यक्ष सहभागी हुने मौका प्राप्त भइरहेको बताउनु भयो । महिलाले अधिकारका लागि मात्रै नभइ जिम्मेवारीकासाथ काम गर्नुपर्ने बताउनु भयो ।