७ चैत्र २०८१, बिहीबार
March 20, 2025 Thursday

13.57°C

काठमाडौं

13.57°C

Kathmandu

Feels-like: 11.61

Wind: 1.03

Humidity: 24

तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता छन् आईपीएल खेल्ने सबै टोलिका बलियो र कमजोर पक्ष



अ+ अ-

काठमाडौँ । १८ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) आउँदो शनिबारबाट सुरु हुँदैछ । कोलकाता नाइट राइडर्स उपाधि रक्षा गर्ने दाउमा छ भने मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स दुबै छैटौं उपाधिको खोजीमा छन् ।

अर्कोतर्फ, लखनउ, पञ्जाब, दिल्ली र बैंगलोरले आफ्नो पहिलो उपाधि जित्ने लक्ष्यमा हुनेछन् । यसै सन्दर्भमा यहाँ आईपीएल खेल्ने सबै १० टोलिको बलियो र कमजोर पक्षबारे चर्चा गरौँ ।

कोलकाता नाइट राइडर्स
बलियो पक्षः टोलीमा ४ देखि ७ नम्बरसम्म विश्वस्तरीय फिनिशरहरू छन् । सुनिल नारायणले ओपनिङ गरे भने बलर बढाउन सकिन्छ । वरुण चक्रवर्ती, हर्षित राणा र वैभव अरोराले बलिङ पक्षलाई बलियो बनाउनेछन् ।

कमजोर पक्षः स्थापित कप्तान नभएकाले कप्तानीको अनुभव नभएका अजिंक्य रहाणेलाई कप्तानी सुम्पिनुपरेको छ । उपाधि दिलाएका कप्तान श्रेयस अय्यर टोलिमा छैनन् । रहाणेलाई गराउँदा टोलीको शीर्ष क्रम कमजोर बन्दै गएको छ ।

सनराइजर्स हैदरावाद
बलियो पक्षः २०१६ को च्याम्पियन हैदरावादले ओपनर ट्राभिस हेड र अभिषेक शर्माको साथ शीर्ष ५ क्रममा सानदार ब्याट्सम्यानहरू पाएको छ । नितिश कुमार रेड्डी जस्ता उत्कृष्ट अलराउन्डर छन् । हेनरिक क्लासेन र इशान किशन मिडल अर्डरका ब्याट्सम्यान पनि छन् । हर्षल पटेल, प्याट कमिन्स र मोहम्मद शामीले बलिङ पक्षलाई बलियो बनाएका छन् ।

कमजोर पक्षः क्लासेनपछि फिनिशिंग विकल्पहरूमा ठूलो नाम छैन । यद्यपि, अभिनव मनोहर, अनिकेत वर्मा र कामिन्दु मेन्डिस जस्ता युवा फिनिशरहरू छन्, तर धेरै अनुभवको अभावले टोलीलाई ठूलो मूल्य चुकाउन सक्छ ।

राजस्थान रोयल्स
बलियो पक्षः शीर्ष क्रममा सञ्जु सामसन, यशस्वी जैसवाल, शिमरन हेटमायर, रियान परागसँग अनुभव छ । नितिश राणा र शुभम दुबेले ब्याटिङलाई अझ बलियो बनाएका छन् । वानिन्दु हसरंगा, आकाश मधवाल, महिश तिक्षाणा, जोफ्रा आर्चर, फजलहक फारुकी र सन्दीप शर्माले बलिङ पक्षलाई बलियो बनाएका छन् ।

कमजोर पक्षः हेटमायरलाई साथ दिन कुनै ठूलो फिनिशर छैनन् । घाइते र आउट अफ फार्म खेलाडीहरूको लागि बलियो ब्याकअप पनि छैन । टोलीले फेरि राम्रो फिनिशिङका लागि संघर्ष गर्न सक्छ । विदेशी ब्याट्सम्यानको पनि अभाव छ ।

रोयल च्यालेन्जर्स बैंगलोर
बलियो पक्षः फिल साल्ट, लियाम लिभिङ्स्टन, जितेश शर्मा र कृणाल पाण्ड्याजस्ता टी–२० विशेषज्ञहरू टोलिमा भित्रिएका छन् । भुवनेश्वर कुमारले पेस बलिङ डिपार्टमेन्टलाई बलियो बनाउनेछन् । यश दयाल, जोस हेजलउड र रसिख सलामले पनि बलिङलाई अझ बलियो पार्नेछन् ।

कमजोर पक्षः ठूला नाम भित्र्याएको छैन । रिस्ट स्पिनरका रूपमा सुयश शर्मा जोखिमपूर्ण हुन सक्छन् । डु प्लेसिसलाई रिहा गरेपछि युवा रजत पाटीदारलाई कप्तान बनाइएको छ । उनको कप्तानी अनुभव कमजोर पर्नेछ । स्पिन विभागमा अनुभवको अभाव छ ।

चेन्नई सुपर किंग्स
बलियो पक्षः पुराना खेलाडीहरू खरिद गरेर टोलीले अनुभव बटुलेको छ । डेभिड कोनवे, रचिन रविन्द्र, आर अश्विन, स्याम करन जस्ता अनुभवी खेलाडी छन् । नूर अहमद, रविन्द्र जडेजा र आर अश्विनले स्पिन डिपार्टमेन्टलाई निकै बलियो बनाउने छन् । टोलीले ९ अलराउन्डर खरिद गरेको छ, जसमध्ये ५ खेलाडी पनि प्लेइङ ११ मा रहनेछन् । टोलीको ब्याकअप पनि बलियो छ ।

कमजोर पक्षः ४२ वर्षीय धोनी एकमात्र फिनिशर हुन् । मध्य क्रम धेरै कमजोर छ । बलिङ अलराउन्डर करन, जडेजा र अश्विनलाई फिनिशरका रूपमा प्रयोग गर्नु महँगो साबित हुन सक्छ । मथिश पाथिरानालाई समर्थन गर्ने कुनै फास्ट बलर छैनन् । युवा पेसरहरूमा धेरै पैसा लगानी गरपनि जुन जोखिमपूर्ण साबित हुन सक्छ ।

दिल्ली क्यापिटल्स
बलियो पक्षः अक्सनमा दिल्लीले सबैभन्दा चलाखीपूर्ण रुपमा खेलाडी भित्र्याएको थियो । केएल राहुल, मिचेल स्टार्क, थंगारसु नटराजन र आशुतोष शर्मा जस्ता ठूला खेलाडीहरू सस्तो मूल्यमा किनिएका थिए । अक्षर पटेललाई कप्तान बनाइएको छ जो ब्याटिङ र बलिङ दुवै पक्षलाई सम्हाल्न सक्षम छन् ।

कमजोर पक्षः
फिनिसिङको जिम्मेवारी आशुतोष र अक्षरको हुनेछ । यो पोजिसनमा टोलिले कुनै विदेशीलाई किनेको छैन, भारतीय खेलाडी फ्लप भए टिमलाई यहाँ समस्या पर्न सक्छ । ह्यारी ब्रुकले मिडल अर्डरलाई सन्तुलन दिने थिए, तर उनको अनुपस्थितिमा टोलीको सन्तुलन डगमगाउन सक्छ ।

लखनउ सुपर जायन्ट्स
बलियो पक्षः निकोलस पूरन, डेभिड मिलर, शाहबाज अहमद र अब्दुल समदले फिनिसिङलाई मजबुत पार्नेछन् । ऋषभ पन्त आईपीएलमा छिटो खेल्छन्, जसले मध्यक्रमलाई पनि बलियो बनाउनेछ ।

कमजोरी पक्षः मिचेल मार्शले बलिङ गर्नेछैनन् भने एडेन मार्करामले ओपनिङ गर्नेछन् । दुवैको यो प्रकारको पोजिसन चिन्ताको विषय बन्न सक्छ । मोहसिन खान, आवेश खान र मयङ्क यादवको फिटनेसले पनि टोलीको समस्या बढाउनेछ ।

गुजरात टाइटन्स
बलियो पक्षः जोस बटलरलाई समावेश गर्दै गुजरातले ओपनिङलाई बलियो बनाएको छ । बलियो विकेटकिपिङ विकल्प पनि टोलिसँग थियो । फिनिसिङ लाइनमा शेरफान रदरफोर्ड, शाहरुख खान, राहुल तेवातिया, राशिद खान र ग्लेन फिलिप्स जस्ता स्थापित खेलाडीहरू छन् ।

कमजोर पक्षः मिडल अर्डरमा ठूलो नाम छैन । साइ सुदर्शन र महिपाल लोमरर जोखिमपूर्ण विकल्प हुन् । बलिङमा पक्कै पनि विकल्प छ तर मोहम्मद सिराज, कागिसो रबाडा र वासिंग्टन सुन्दर कहिलेकाहीँ महँगो साबित हुन्छन् ।

पञ्जाव किंग्स
बलियो पक्षः श्रेयस अय्यरको रुपमा टोलिले कप्तान र मध्यक्रमका ब्याट्सम्यान किनेको छ । नेहाल वढेरा, ग्लेन म्याक्सवेल, शशांक सिंह, मार्को यान्सन बलियो फिनिसरका रुपमा छन् । अर्शदीप सिंह, युजभेन्द्र चहल, हरप्रीत ब्रार, यश ठाकुर र मार्को यान्सनले बलिङ पक्षलाई बलियो पारेका छन् ।

कमजोर पक्षः म्याक्सवेल विगत केही वर्षदेखि आइपिएलमा फ्लप भएका छन् । लोकी फर्गुसन पनि कहिलेकाहीँ महँगो साबित भएका छन् । अस्ट्रेलियाका ३ जना यस्ता खेलाडी छन् जसले भारतमा आफूलाई प्रमाणित गर्न सकेका छैनन् ।

मुम्बई इन्डियन्स
बलियो पक्षः भारतका अन्तर्राष्ट्रिय खेलाडी भएका कारण टोलीको शीर्ष क्रम निकै बलियो छ । जसप्रित बुमराह, ट्रेन्ट बोल्ट र दीपक चाहरले पेस बलिङलाई बलियो बनाएका छन् । मिचेल सान्टनर, मुजीब उर रहमानजस्ता शीर्ष स्पिनरहरू पनि छन् ।

कमजोर पक्षः हार्दिकलाई साथ दिने कुनै फिनिशरहरू छैनन् । युवा रोबिन मिन्ज ६ वा ७ नम्बरमा आउनेछन्, यदि उनी फ्लप भए भने फिनिसिङ निकै कमजोर हुनेछ । कुनै ब्याकअप भारतीय विकेटकिपर पनि छैनन् । बुमराहको चोटले पनि समस्या बढाएको छ ।