२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनको कब्जामा रहेका सात नेपाली छुटाइदिन युक्रेनी समकक्षीसँग परराष्ट्रमन्त्री राणाको आग्रह



अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले युक्रेनको कब्जामा रहेका ७ जना नेपालीलाई छुटाइदिन आफूले युक्रेनका समकक्षीसँग आग्रह गरेको बताउनुभएको छ ।

परराष्ट्रमन्त्री राणाले रुसको पक्षबाट युद्ध गर्न जाँदा पक्राउ गरी युक्रेनले वन्धक बनाएका सात नेपालीलाई छुटाउन आग्रह गरेको बताउनुभएको हो ।

उहाँले कुटनीतिक तवरबाट राजदुतलाई पत्र लेखेर नेपालीहरु छुटाउन आग्रह गर्ने र युक्रेनका विदेशमन्त्रीले पनि आफूले नेपाली छुटाउन सहयोग गर्ने प्रतिवद्धता जनाएको बताउनु भयो । उहाँले युक्रेनको परराष्ट्रमन्त्रीले नेपालले रुस—युक्रेन युद्धको विषयमा युरोपेली संघले राखेको प्रश्तावमा संयुक्त राष्ट्रसंघमा युक्रेनको पक्षमा मत दिएकोप्रति आभार व्यक्त गर्नुभएको पनि बताउनु भयो । नेपालले युक्रेन एउटा महत्वपूर्ण देश भएको र दौंत्य सम्बन्ध बढाउँ भन्ने मनशायले अघि बढिरहेको बताउनु भयो । उहाँले युक्रेनसँग अफिसियल र डिप्लोमेटिक भिसाहरु फ्रिमा गर्ने विषयमा पनि एमओयु भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘युक्रेनको परराष्ट्रमन्त्रीज्युले मुख्य गरी उहाँहरुको पक्षमा भोट हालिदेकोमा धन्यवाद भन्न आउनुभएको थियो । साथै हामीले युक्रेन एउटा महत्वपूर्ण देश हो । त्यसैले हाम्रो एउटा दौंत्य सम्बन्ध बढाउँ भनेर हामीले अफिसियल र डिप्लोमेटिक भिसाहरु फ्रिमा गर्ने भन्ने एउटा एमओयु पनि गरेका छौँ । सात जना नेपालीहरु त्यहाँ थाहा नभएर रसियाको लडाईंमा जानुभयो । उहाँहरुलाई छुटाइदिनुप¥यो भनेको थिएँ । फर्मल च्यानलबाट अघि बढाऔँ भन्नुभएको छ । म आशावादी छु । नेपाल फर्किएर हाम्रो राजदुतलाई भनेपछि प्रक्रिया अघि बढ्नेछ ।’

पञ्चेश्वर र बिआइएसको विषयमा भारतीय समकक्षीसँग छलफल

मन्त्री राणाले नेपाल—भारतबीचको व्यापारिक सम्बन्धका बारेमा भारतीय विदेशमन्त्री एस। जयशंकरसँग छलफल गरेको बताउनु भयो । उहाले बिआईएसको बारेमा आफूले भेटमा प्रश्न उठाएको र भारतीय विदेशमन्त्रीले प्रक्रिया अघि बढाइरहेको बताउनुभएको जानकारी दिनुभयो । भारतीय विदेशमन्त्रीसँग आफूले हाइड्रोपावर, ट्रान्समिसन लाइन र ठूलो प्रोजेक्टहरु अघि बढाउने बारेमा छलफल गरेको र धेरै कुराहरु मिलिसकेपनि केही कुरा फेरि छलफल गर्न जरुरी रहेको बताउनु भयो । पञ्चेश्वर र बिआइएसको विषयमा भारतीय समकक्षीसँग छलफल गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो ट्रेड सम्बन्धमा र हाम्रो नेपालको व्यापारीहरुको बिआईएसको बारेमा मैले प्रश्न उठाएँ । उहाँले प्रोसेसमा छ भन्नुभयो । हामीले पनि ग्लोवल मार्केटमा अघि बढ्न राम्रो प्रोडक्टहरु इम्पोर्ट गर्न खोजिरहेका छौँ, त्यसैले नेपाललाई मात्रै होइन, भियतनाम र कम्बोडियासँग पनि यस्तो प्रोसेस चलिरहेको । हामी गर्दै जान्छौँ भन्नुभयो । हाइड्रोपावर डेभलपमेण्टको पनि हामीले कुराहरु गरेका छौँ । ट्रान्समिसन लाइन र ठूलो प्रोजेक्टहरुलाई अगाडि बढाउने कुरामा अझै नेगोसिएशन गर्नुपर्ने र धेरै कुरा मिलिसकेको छ । केही कुरा गर्न बाँकी छ ।’

मन्त्री राणाले नेपालले नयाँ किसिमबाट वित्त परिचालन गर्न सिक्नुपर्ने जरुरी देखिएको बताउनु भयो ।