९ चैत्र २०८१, शनिबार
March 22, 2025 Saturday

11.12°C

काठमाडौं

11.12°C

Kathmandu

Feels-like: 10.53

Wind: 2.57

Humidity: 86

Latest
वरिष्ठ पत्रकार बस्नेतको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त सबै समाजवादी र माओवादीलाई एकताबद्ध गर्ने अध्यक्ष दाहालको उद्घोष गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुनसक्दैन: गृहमन्त्री लेखक धनुषा प्रहरीद्वारा गाँजासहित एकजना पक्राउ दैनिक जीवनयापनसँगै मुलुकको समृद्धिका लागि पानीको महत्व बढेको छ : ऊर्जामन्त्री खड्का प्रदेश र स्थानीय सरकारलाई सबल बनाउनुपर्नेमा सभामुखको जोड निवार्हमुखी कृषिलाई आधुनिकिकरण र व्यवसायिकरण गर्नु पर्नेमा महासंघ अध्यक्ष ढकाललको जोड क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए कविता समाजलाई सुसुचित गर्ने महत्वपूर्ण माध्यमः पूर्वराष्ट्रपति भण्डारी केबलकार विवाद समाधान गर्न नेता शर्माको सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधेयकलाई सकेसम्म संगतिपूर्ण, सम्पुष्ट र राम्रो बनाऔँः अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयकलाई सकेसम्म संगतिपूर्ण, सम्पुष्ट र राम्रो बनाउनुपर्ने बताउनुभएको छ ।

मंगलवारको अर्थ समितिको बैठकमा बोल्दै यहाँले यस्तो बताउनुभएको हो । अर्थ समितिको बैठकमा आज भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल भएको थियो । सोही बारेमा अर्थमन्त्री पौडेलले विधेयकलाई सकेसम्म संगतिपूर्ण, सम्पुष्ट, सकेसम्म राम्रो बनाउनुपर्ने र अर्कोतिर छिटो भन्दा छिटो टुंगोमा पु¥याउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले छिटो र राम्रो गर्नुपर्ने आवश्यकताका बीचमा तादात्म्यता कायम गरिकन समितिले यो विधेयकलाई अगाडि बढाइरको भन्दै खुशी व्यक्त गर्नुभयो ।

अर्थमन्त्री पौडेलले भन्नुभयो,‘हामीलाई दुई वटा चिज सँगै गर्नुछ । एकातिर विधेयकलाई सकेसम्म संगतिपूर्ण, सम्पुष्ट, सकेसम्म राम्रो बनाउनुपर्ने एकातिर छ भने अर्कोतिर छिटो भन्दा छिटो टुंगोमा पु¥याउनुपर्ने आवश्यकता छ । छिटो र राम्रो गर्नुपर्ने आवश्यकताका बीचमा तादात्म्यता कायम गरिकन समितिले यो विधेयकलाई जसरी अगाडि बढाएको छ । त्यसका निम्ति खुशी व्यक्त गर्न चाहन्छु ।’

समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्सार भनेको भिन्नै ग्रह हो र भिन्नै ग्रहका लागि भिन्नै नियम बनाइरहेका छौँ भन्नेगरी सोच्न नहुने बताउनु भयो । उहाँले बैंक ग्यारेन्टीको अर्को एउटा विकल्प राख्दा अन्यथा नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भन्सार भनेको भिन्नै ग्रह हो । हामी भिन्नै ग्रहका लागि भिन्नै नियम बनाउँदैछौँ भन्ने हिसावले गइरहेको छ । बैंक ग्यारेन्टीका सम्बन्धमा मलाई के लाग्छ भने बैंक ग्यारेन्टी राख्दा यसबाट कुनै गम्भीर असर राजश्वमा पर्छ भने यसको बारेमा सोचौँ । होइन भने हरेक ठाउँमा कानूनी मान्यता पाएको कानूनी मान्यताअनुसारको बैंक ग्यारेन्टीको सुविधा दिँदा त्यो मान्छेले आफ्नो संकटबाट मुक्त हुन उसलाई पनि अरु अवसर छ । बैंक ग्यारेन्टीको अर्को एउटा विकल्प राख्दा अन्यथा होला जस्तो लाग्दैन ।’

अर्थ समितिमा केही दिन यता भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल भइरहेको छ ।