२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनः भूमि बैंकको स्थापना गर्ने तयारीमा सरकार



अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले भूमि बैंक बनाउने प्रक्रिया पुनः शुरु गर्न लागेको बताउनुभएको छ ।

मंगलवार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भूमि बैंक बनाउने कुरा विगतमा पनि आएको तर बिरोध भएपछि रोकिएको भन्दै अहिलेको सरकारले पुनः भूमि बैंक बनाउने प्रक्रियाका लागि छलफल शुरु गरेको बताउनु भयो । उहाँले राम्रो काम गर्दा बिरोध शुरु हुने गरेको भन्दै बिरोधका लागि बिरोध नगर्न आग्रह गर्नुभयो । उहाँले भूमि सम्बन्धी अध्यादेश भूमि सम्बन्धी समस्याहरु समाधानका लागि छोटो बाटोबाट समस्या समाधान गर्न भूमि सम्बन्धी अध्यादेश ल्याएको भएपनि अब ऐन नै ल्याउने तयारी गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले यो अध्यादेश ल्याएपछि विभिन्न मञ्चहरुमा भनेको छु, अध्यादेश गहिराईमा गएर हेरियोस् । बहस गर्न म तयार छु । हामी एकातिर समस्याको हल गर्ने पनि भनेका छौँ । अर्कोतिर समस्या हल गर्न सरकारले खोजेको छ की छैन रु भन्ने बुझ्ने र खोजेको रहेनछ भने त्यसलाई कसरी अघि बढाउने भन्नेकुराहरु पनि हुन्छन् । भन्ने र गर्नेमा फरक छ । सरकारले दुई वटा पाटोबाट जान्छ । हामीले छोटो बाटोबाट जानेगरी यो अध्यादेश ल्याएका थियौँ । हामी ऐन बनाउने तयारी पनि गरिरहेका छौँ । एउटा नयाँ ऐन नै बनाएर ल्याउन सम्माननीय प्रधानमन्त्रीले निर्देशन नै गर्नुभएको छ । अब पुरानो ऐनबाट हुँदैन । सबै मन्त्रालयले नयाँ ऐन ड्राफ्ट गर्नुस् भन्नुभएको छ । हामीले भूमि बैंक बनाउने कुरा अघि बढायौँ । भूमि बैंक बनाउने भनेको कहाँ कस्ता जग्गा छन् त्यो जानकारी राख्ने हो । तर भूमि बैंक बनाउने कुरामा पनि विगतमा बिरोध भएर त्यत्तिकै छ । काम शुरु गर्न थाल्यो बिरोध हुन्छ । हामी फेरि यो काम अघि बढाउने सोचमा छौँ । छलफल भइरहेको छ ।’

मन्त्री अधिकारीले भूमि व्यवस्था समस्या आयोगले आफ्ना कामहरु शुरु गरेको र वास्तविक सुकुम्वासी र भूमिहिनलाई सरकारको नियमानुसार जग्गा उपलब्ध गराउने बताउनु भयो ।




भर्खरै