२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक अस्थिरता जनताको लागि अपाच्यः महासचिव चन्द



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले राजनीतिक अस्थिरता जनताको लागि अपाच्य भएको बताउनुभएको छ ।

झापाको बिर्तामोडमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक अस्थिरताका कारण जनता थकित भएको बताउनु भयो । उहाँले हरेक वर्ष सरकार बन्ने र भत्किने परिस्थितिले आर्थिक भार बढेको बताउनु भयो । उहाँले जनताको राजश्वबाट सरकारमा बस्ने सानो हिस्साले भोगबिलास गरिरहेको बताउनु भयो । उहाँले नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको भन्दै ५ वर्षसम्म चल्ने एउटा प्रणाली परिकल्पना गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिक अस्थिरता जनतको लागि अपाच्य भएको छ । जनताहरु थकित जस्तो देखिन्छन् । हरेक वर्ष सरकार विघटन, गठन हुने जे परिस्थिति बनिरहेको छ, केन्द्रमा सरकार ढल्ने बित्तिकै प्रदेशमा ढलिहाल्ने, त्यसकारण सम्पूर्ण आर्थिक भार जनताले व्यहोर्नुपर्ने, हामीले रखडा गरेको राजश्वबाट सरकारमा बसेको सानो हिस्साले भोगबिलास गर्ने टाइपको बन्यो । यसले आर्थिक क्षेत्रमा क्राइसिस भयो, राजनीतिक क्षेत्रमा पनि अराजकता, अस्थिरता सिर्जना गरेको छ । पहिला राजनीतिक स्ट्रक्चरमा नयाँ ढंगले सोच्नुपर्छ । नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको छ । यस्तो अस्थिरता थेग्न सक्दैन । ५ वर्षसम्म चल्ने एउटा प्रणाली परिकल्पना गर्नैपर्छ ।’

संविधानमा धेरै ठूला हेरफेर गर्नुपर्ने जरुरी रहेको बताउनु भयो ।