८ चैत्र २०८१, शुक्रबार
March 21, 2025 Friday

26.34°C

काठमाडौं

26.34°C

Kathmandu

Feels-like: 26.34

Wind: 5.14

Humidity: 13

Latest
कामपाले चैत १२ गतेदेखि स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गर्ने नेपाल सुपर लिगको ओपनिङ सेरोमोनीमा दुर्गेशले गीत गाउने आईपीएलबाट ‘गायब’ भएका यी पाँच टोलि जसबारे तपाईलाई थाहा नहुन सक्छ मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्यसम्बन्धी संकल्प प्रश्ताव राष्ट्रिय सभामा पेश ०८४ सम्म प्रधानमन्त्री बन्दिनः अध्यक्ष दाहाल खानेपानीका मुहानहरुमा भइरहेको राजनीति अन्त्य गर्छौंः मन्त्री यादव लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति उत्सव सुरु- फोटो फिचर आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द जलस्रोतले समृद्ध ब्राजिल सुक्खा हुँदै महायज्ञको नाममा दलितको घर भत्काइएको भन्दै सरकारलाई सांसदहरुको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्कटमा आरन पेसा



अ+ अ-

कैलाली। यहाँको धनगढी उपमहानगरपालिका–२ मा धर्मवीर ठाकुरले सटर भाडामा लिई लामो समयदेखि आरन व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ ।

उहाँका बुवा पनि आरनकै काम गर्नुहुन्थ्यो । बुवाले धनगढीमा आरन सुरु गर्नुभएको थियो । सानैमा बुबासँगै उहाँले आरनको सीप सिक्नुभयो । उहाँले अहिले आरन व्यवसायमा रु १० लाख लगानी गर्नुभएको छ । रौतहटको गौर स्थायी घर भएका ठाकुरले ३० वर्षदेखि धनगढीमा आरन चलाएरै जीविका गर्दै आउनुभएको थियो । उहाँको श्रीमती, पाँच छोराछोरी र  कामदार गरी जम्मा आठ जनाको परिवार छ । ठाकुरले आरन व्यवसायबाटै परिवार पालिरहनुभएको छ ।

“छोराछोरीको शिक्षादिक्षा, घरखर्च सम्पूर्ण आरनकै कमाइले धानेको छु”, उहाँले भन्नुभयो । पछिल्लो समय कृषि प्रणालीमा आधुनिकीकरण भित्रिएसँगै व्यवसाय घटेको उहाँले बताउनुभयो । हिजोआज आधुनिक कृषि औजार बजारमा आइसकेका छन् । जुन औजारको प्रयोगले छिटो र छरितो तरिकाले खेतीपाती गर्न सकिन्छ । पहिले खेत जोत्न हलोको प्रयोग गरिन्थ्यो भने हिजोआज प्राय ट्याक्टर, चम्पा ट्याक्टरद्वारा जोत्ने गरिन्छ ।

हातले बनाइएका सामानभन्दा मेसिनले बनाइएका कृषि औजार आकर्षक, चिल्ला हुने भएकाले परम्परागत औजारको बिक्रीदर घटेको उहाँले बताउनुभयो ।

ठाकुरले पहिले मासिक रु ७० हजारको कारोबार गरी मासिक रु ४० हजार बचत गर्नुहुन्थ्यो । तर अहिले मासिक रु ४० हजार मात्र कारोबार हुने गरेको छ । पहिलेभन्दा आरनको व्यापार खस्कँदो अवस्थामा रहेको उहाँले बताउनुभयो ।

धनगढीका धेरै आरन व्यवसायी विस्थापित भइसकेको उहाँले बताउनुभयो । “धनगढी बजार आसपासका क्षेत्रमा पहिले २० जना जति आरन व्यवसायी थिए । अहिले छ जनाले मात्र यो पेसा गर्दै आएका छौँ”, उहाँले भन्नुभयो । व्यापार घटेपछि घरभाडा बुझाउन र परिवार पाल्न धौधौ परेको उहाँले गुनासो गर्नुभयो ।रासस