२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ वर्षमा पर्यटकलाई २० प्रतिशत सहुलियत



अ+ अ-

कास्की। पर्यटकीय राजधानी पोखराका होटलले पर्यटकलाई लक्षित गरी नयाँ वर्षमा होटलको दररेटमा २० प्रतिशत सहुलियत प्रदान गर्ने भएका छन् ।

नेपाली संस्कृतिको संरक्षण, नेपाली खाना तथा आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होटल सङ्घ पोखराद्वारा पर्यटकीय लेकसाइडमा गर्न लागिएको २०औँ फेवा नववर्ष महोत्सव २०८१ का बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पर्यटकलाई उक्त छुट दिन लागिएको बताइएको हो ।

यही चैत ३० देखि आगामी वैशाख १ गतेसम्म फेवा किनारमा गर्न लागिएको उक्त महोत्सवमा नेपाली खाना तथा मौलिक संस्कृतिको प्रचारप्रसार एवं पर्यटन प्रवर्द्धन गरी पर्यटकको बसाइ लम्ब्याइने जानकारी सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले दिनुभयो । देशको अर्थतन्त्र सुस्ताएको अवस्थामा अर्थतन्त्र चलायमान बनाउन महोत्सवले सहयोग पु-याउने जानकारी दिँदै उहाँले महोत्सव सम्पन्न गर्न रु ५० लाख खर्च लाग्ने बताउनुभयो । ‘जाउँ है पोखरा ’ अन्तर्गत सङ्घले घुमघाम पोखरा, शैक्षिक भ्रमण पोखरा, मधुमास पोखरा जस्ता सहुलियत प्याकेज पनि पर्यटकका लागि घोषणा गरेको छ ।

महोत्सव सम्पन्न गर्न २१ वटा समिति गठन गरिएको जानकारी दिँदै उहाँले महोत्सव स्थलमा  विभिन्न सांस्कृतिक कार्यक्रम, लोक दोहोरी, खेलकुद, पर्यटक दौड, पप कन्सर्ट, कृषि एवं हस्तकलाका सामग्री प्रदर्शनी गरिने बताइएको छ । महोत्सव पोखराको ड्यामसाइटबाट खहरेसम्मको तीन किलो मिटर दुरीको सडक तथा फेवाताल किनारमा हुनेछ ।

पोखराका होटलमा ४० हजार पर्यटक क्षमता भएकामा हाल स्वदेशी तथा विदेशी गरी ४० प्रतिशत ‘अकुपेन्सी’ पुगेको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । पोखरा महानगरपालिकाले सन् २०२५ लाई पोखरा भ्रमण वर्ष घोषणा गरेसँगै यतिवेला आन्तरिक एवं भारतीय पर्यटकको सङ्ख्या बढेको छ । रासस