८ चैत्र २०८१, शुक्रबार
March 21, 2025 Friday
Latest
चौतारीको अध्यक्षमा उम्मेदवारी दिन पाण्डेले दिए एमाले प्रचार विभाग सचिवबाट राजीनामा चीनको आर्थिक वृद्धिबाट नेपालले लाभ लिन बिज्ञको सुझाव स्वदेशी वस्तुको प्रयोग वृद्धि गर्न प्रधानमन्त्रीको आग्रह शीतभण्डार सञ्चालन गर्न निजी क्षेत्र खोज्दै गाउँपालिका इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी विस्फोट, सतर्कता स्तर बढाउन आग्रह प्रधानमन्त्री कपः आर्मीले गण्डकीलाई ६ विकेटले हरायो प्रेस चौतारीको अध्यक्ष पदमा राजेश राईको उम्मेदवारी घोषणा सरकारले चैत ९ गते प्रथम राष्ट्रिय पानी सम्मेलन गर्ने राष्ट्रिय उत्पादनमा जोड दिन प्रधानमन्त्री ओलीको आग्रह एकै विद्यालयका आठ जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंगापुर र मलेसियाविरुद्ध खेल्ने राष्ट्रिय फुटबल टिमको घोषणा



अ+ अ-

काठमाडौँ । सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल तथा मलेसियाविरुद्धको एएफसी एसियन कप छनोट खेलका लागि राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ ।

नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले सोमबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

नेपालले मार्च २१ मा सिंगापुरसँग उसको मैदानमा खेल्नेछ, भने मार्च २५ मा मलेसियासँग एएफसी एसियन कपको छनोट खेल खेल्नेछ ।

एक वर्षको कार्यकालका लागि नियुक्त भएपछि रसको प्रशिक्षणमा नेपालले पहिलो खेल खेल्दैछ ।

नेपाली राष्ट्रिय फुटबल टिमः

गोलकिपर– किरण चेम्जोङ, दीप कार्की र अन्जल श्रेष्ठ ।

डिफेन्डर– अनन्त तामाङ, बिमल पाण्डे, सनिश श्रेष्ठ, रन्दिप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु र सुमन श्रेष्ठ ।

मिडफिल्डर– रोहित चन्द, लाकेन लिम्बु, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक विष्ट, मनिष डाँगी र कृतिश रत्न छुन्जु ।

फरवार्ड– जिलेस्पी जंग कार्की, अन्जन विष्ट, सुवास ठकुरी बाम र रेजिन सुब्बा ।