३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

के भन्छन् चलचित्र ‘कर्मा’का कलाकार ?

के भन्छन् चलचित्र ‘कर्मा’का कलाकार ?
अ+ अ-

काठमाडौं । चलचित्र ‘कर्मा’का कलाकारले यो नेपाली रजतपटमा आइरहेका चलचित्रभन्दा फरक रहेको बताएका छन् । स्टोरी र न्यारेसन दुबैका हिसाबले ‘कर्मा’ आइरहेका भन्दा फरक रहेको दाबी गरेका छन् ।

“यो आइरहेका चलचित्रभन्दा फरक छ । अहिले रेगुलर रुपमा आइरहेका चलचित्रभन्दा फरक छ,” मुकुन भुसाल भन्छन्, “निर्देशकले स्टोरी फरक तरिकाले प्रस्तुत गर्नुभएको छ । स्टोरी फरक तरिकाले न्यारेट गर्नुभएको छ ।”

हरेक कलाकार र निर्देशकले रिलिजअगाडि आफ्नो चलचित्र फरक रहेको बताउने गरे पनि ‘कर्मा’ भने साँच्चै नै फरक रहेको उनको भनाइ छ ।

स्टोरी, मेकिङ र न्यारेसन नै फरक हुँदा चलचित्र आइरहेका रेगुलर भन्दा फरक रहेको उनको भनाइ छ । त्यसैले कर्माप्रति आफूलाई पूर्ण विश्वास रहेको उनको भनाइ छ ।

विपीन कार्कीले आफूलाई एक्सन जनरामा पनि तयारी गरेर काम गरेको मुकुनले बताए । “विपीन कार्कीलाई मेकरले जसरी विश्वास गरेर लिनुभयो, त्यसैगरी उहाँले पनि मेहनत गरेर काम गर्नुभयो,” मुकुन भन्छन्, “मेहनतकै कारण टिजरमा उहाँले वाहीवाही कमाउनु भएको छ ।”

कलाकार दिव्यदेबले अहिलेसम्म हरेक क्यारेक्टरमा विपीनले मेहनत गरेको बताए । “हरेक सिनेमामा उहाँले फरकफरक क्यारेक्टरमा आफूलाई प्रुभ गर्नुभएको छ । यसमा पनि मेहनतले काम गर्नुभएको छ,” दिव्यदेव भन्छन्, “मेकरमा मात्र होइन दर्शकमा पनि त्यही छाप परिसकेको छ । जुनसुकै क्यारेक्टर पनि उहाँले मेहनत गरेर राम्रो गर्नुहुन्छ भन्ने भइसकेको छ । यसमा पनि उहाँले प्रुभ गर्नुभएको छ ।”

सरिता गिरीले निर्देशक सौरभ चौधरीले आफूलाई सिनेमामा आमा होइन क्यारेक्टर चाहिएको भनेर अफर गरेको स्मरण गरिन् । “उहाँले अफर गर्दाको यो लाइनले नै मलाई टच गरेको थियो,” उनले भनिन्, “चलचित्रमा क्यारेक्टर पनि त्यस्तै छ ।”

आफूले अहिलेसम्म थुप्रै चलचित्रमा आमाको रोलमा काम गरे पनि ‘कर्मा’मा भनेर फरक खालको चरित्र रहेको बताइन् । “आमाको चरित्र त अहिलेसम्म धेरै गरेँ होला । तर, कर्मामा आमाको चरित्र मात्रै छैन,” उनी भन्छिन्, “यसमा आमासँग सँगै धेरै कुरा छ । यसमा निर्देशकले यो क्यारेक्टरलाई यसरी चलाउनुभयो, अहिलेसम्म चलेको आमाको ट्यागलाइन यो चलचित्रले हटाउनेछ ।”

निर्देशक चौधरीले जतिसुकै गलत काम गरे पनि त्यसलाई भाग्यले सजाय दिने बताए । “कसैले गलत काम गरेर म बाट तारिफ पाइरहेको छ भने पनि कुनै न कुनै समय अर्को कसैबाट उसले त्यसको मूल्य चुकाउनुपर्छ,” उनी भन्छन्, “यही नै कर्मा हो । यसमा विश्वास गर्ने भएकैले मैले यो चलचित्र बनाएको हुँ । त्यसैले म भन्छु, सबैको राम्रो गरौँ ।”

कसैले मसँग नराम्रो गर्यो भने उसलाई मैले नराम्रो गर्न नसके पनि अर्कोले उसलाई नराम्रो गरेर ब्यालेन्स गर्ने उनको भनाइ छ ।

नायिका उपासना सिंह ठकुरीले आफूलाई ‘कर्मा’प्रति सधैँ विश्वास रहेको बताएकी छन् । त्यसैले यसमा एक्सन भूमिकामा काम गर्ने विपीन कार्कीप्रति पनि विश्वास रहेको बताइन् ।

एक्सन गर्ने नायकको अपोजिटमा रहे पनि आफू भने ‘कर्मा’मा एक्सन भूमिकामा नरहेको स्पष्ट पारिन् । तर, एक्सन सिनेमामा काम गरिरहँदा आफूलाई पनि एक्सन सिनेमामा काम गर्ने रहर भने पलाएको र त्यसको अफरको अपेक्षा रहेको बताइन् ।

चलचित्रमा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको पनि अभिनय रहेको छ ।

नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदै छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ ।

एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् ।

‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ । यो चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफए, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर, विजय बाश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन् ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’ मा वसन्त लम्सालको लगानी रहेको छ । निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।