६ चैत्र २०८१, बुधबार
March 19, 2025 Wednesday
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालबाट डिस्चार्ज भए एआर रहमान



अ+ अ-

एजेन्सी । ओस्कार अवार्ड विजेता संगीतकार तथा गायक एआर रहमानको स्वास्थ्य आइतबार बिहान अचानक बिग्रिएको थियो ।

छातीमा गहिरो दुखाइ भएपछि उनलाई चेन्नईको एपोलो अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको छ ।

आकस्मिक वार्डमा भर्ना भएका एआर रहमानलाई विशेषज्ञ चिकित्सकको टोलीको निरन्तर निगरानीमा राखिएको थियो ।

चेन्नईको अपोलो अस्पतालले एक विज्ञप्ती जारी गर्दै गायकलाई डिहाइड्रेसनको लक्षण देखिएको बताएको छ । स्वास्थ्य परीक्षणपछि उनलाई डिस्चार्ज गरिएको हो ।

एआर रहमानको पारिवारिक स्रोतले उनी रमजानमा व्रत बसेकाले डिहाइड्रेसनको समस्या भएको बताएको थियो ।

एआर रहमानले २० नोभेम्बर २०२४ मा श्रीमती सायरासँग सम्बन्धविच्छेदको घोषणा गरेका थिए । यो जोडीले सन् १९९५ मा एरेन्ज विवाह गरेका थिए, जुन २९ वर्षपछि टुटेको थियो ।

यस विवाहबाट दम्पतीका तीन सन्तान छन् । सम्बन्धविच्छेदको घोषणा लगत्तै सायरा बानोको स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना गरिएको थियो ।

रहमानले फिल्म ‘स्लमडग मिलियनेयर’को ‘जय हो’ गीतका लागि २ ओस्कार अवार्ड पाएका थिए । उनी २ ओस्कार जित्ने पहिलो र एकमात्र भारतीय हुन् । रहमानले २ वटा ग्रामी अवार्ड पनि जितिसकेका छन् ।