२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमतालहहरुको संरक्षणका लागि बजेट गर्छौंः मन्त्री खड्का



अ+ अ-

काठमाडौँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले हिमतालहहरुको संरक्षणका लागि बजेट विनियोजन गरेर अघि बढ्ने बताउनुभएको छ ।

सोमवार ललितपुरमा आयोजित नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बजेटमा समावेश गरेर हिमतालहरुको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । यसका लागि आवश्यक प्रवन्ध मिलाउन सचिवहरुलाई निर्देशन दिनुभयो ।

उहाँले हिमताल फुटेपछि विकराल समस्या आउने भन्दै यसमा समयमै ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले यिनै समस्या समाधानका लागि सरकारले संसदबाट जलश्रोत विधेयक चाँडै पारित गर्ने तयारी गरेको बताउनु भयो । जलवायु परिवर्तनका असर न्युनिकरण गर्दै जलश्रोतको दिगो उपयोगका लागि अन्तर्राष्ट्रिय साझेदारीलाई बिस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । जल तथा मौसम विज्ञानसँग सम्बन्धित अनुसन्धान संस्थाहरुसँग सहकार्य गरी नेपालका जलश्रोतको दिगो व्यवस्थापन विकासका लागि सुनिश्चित गर्ने जिकिर गर्नुभयो ।

मन्त्री खड्काले भन्नुभयो, ‘यस पटक बजेटमा समावेश गरेर हिमतालहरुको संरक्षण गर्न आवश्यक छ । यस पटक बजेट निर्माण गर्दा सचिवज्युहरुले ध्यान दिनुहोला । यसका जोखिमबाट उत्पन्न हुने समस्या विकराल हुन्छ । थामे लगायतका स्थानमा हामीले हिमताल फुटेर भएको क्षति हेरिसकेका छौँ । सबै हिमतालहरु जोखिममा नै छन् । भरपर्दो स्ट्रक्चर छै, हिउँ नै हो । यो फुटिसकेपछि आयोजनामा क्षति मात्रै हुने होइन, मानवीय क्षति पनि त्यत्तिकै बढ्छ । त्यसैले दोहोरो, तेहोरो चपेटामा आज नेपाल छ । यसलाई जोगाउने, संरक्षण गर्ने, सबै देशलाई आह्वान गर्ने नेपालको दायित्व बनेको छ । कारण नेपाल होइन, ठूला र विकसित राष्ट्र हुन् । गम्भीर रुपमा लिएर हामीले अहिले जलश्रोत विधेयक चाँडै पारित गर्दैछौँ ।’

मन्त्री खड्काले जलश्रोतको संरक्षण तथा मौसम परिवर्तनको प्रभाव न्युनिकरण गर्न दीर्घकालीन नीति निर्माण हुनु आजको अपरिहार्य आवश्यकता भएको बताउनु भयो । सरकारले सञ्चालन गरिरहेको जल तथा मौसम सम्बन्धी पूर्वअनुमान प्रणालीहरु डिजिटल प्रविधिसँग समायोजन गर्दै प्रभावकारी आपत्कालीन व्यवस्थापन प्रणाली स्थापना गर्ने सरकारको प्राथमिकता रहेको बताउनु भयो ।