२४ चैत्र २०८१, आईतवार
April 6, 2025 Sunday

15.27°C

काठमाडौं

15.27°C

Kathmandu

Feels-like: 14.18

Wind: 1.03

Humidity: 51

तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी मोर्चाको विरोधसभाबारे छलफल गर्न नेकपा एसले बोलायो बैठक



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले समाजवादी मोर्चाको विरोधसभाबारे छलफल गर्न बैठक बोलाएको छ ।

मोर्चाले चैत १५ गते काठमाडौँमा गर्न लागेको वृहत् विरोधसभाबारे छलफल गर्न नेकपा एसले केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो २ बजे स्थायी समिति सदस्यहरूको बैठक बोलाएको हो ।

यस्तै, पार्टीले चैत ५ गते बिहान ११ बजे सबै केन्द्रीय विभागका प्रमुख, उपप्रमुख तथा केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चका सचिवालय सदस्यहरूको संयुक्त बैठक बोलाएको छ ।

त्यसैगरी, चैत ६ गते दिउँसो १ बजे उपत्यकाका तीनै जिल्ला समितिको संयुक्त बैठक, चैत ७ गते दिउँसो ३ बजे केन्द्रीय मोर्चा सङ्गठन, ८ गते दिउँसो ३ बजे उपत्यका प्रदेश र चैत ९ गते सम्पर्क प्रदेशको बैठक दिउँसो ३ बजे बस्ने गरी बोलाईएको प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए ।