८ भाद्र २०८३, सोमबार
,
Latest
गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिंसापीडित महिला राख्न सुरक्षित आवास



अ+ अ-

इलाम। हिंसापीडित महिलाहरूलाई राख्ने ठाउँ नहुँदा समस्या भएको भन्दै इलाममा सुरक्षित आवास सञ्चालनमा ल्याइने भएको छ । इलामबजार नजिक अर्थात् इलाम नगरपालिका–९ स्थित साबिकको पोखरी प्राविमा केन्द्र सञ्चालनको तयारी गरिएको हो ।

लामो समय सामाजिक क्षेत्रमा क्रियाशील समाजसेवी विष्णुकुमारी लिम्बूको संयोजकत्वमा केन्द्र सञ्चालक समिति गठन गरिएको छ । इलामका स्थानीय तहले यसमा सहयोग गर्ने भएका छन् । लिम्बू हाल इलाम नगरपालिकाको उपप्रमुख हुनुहुन्छ ।

राज्य पुनःसंरचनामा जानुपूर्व जिल्लामा रहेको महिला तथा बालबालिका कार्यालयले केही सहयोग गर्ने गरेको भए पनि स्थानीय तह गठनपछि बेवारिसे तथा हिंसापीडित महिलाहरूलाई आश्रय दिन सकिएको छैन, जसकारण धेरै महिलाहरू थप पीडित बन्नुपरकाले सुरक्षित आवास केन्द्र सञ्चालन गर्न लागिएको संयोजक लिम्बूले जानकारी दिनुभयो ।

कति महिलाहरू अझै पनि आफ्ना पीडा लुकाएर बसेका छन् । पीडा बाहिर लैजाँदा पीडकबाट थप सास्ती खेप्नुपर्छ भनेर दबिएर बस्नुपर्ने अवस्था छ । त्यसैकारण त्यस्ता महिलाको सुरक्षाका लागि हामीले यो काम थालेका हौं ।

हिंसापीडित महिलाहरूको सहजताका लागि हाल भगवती माध्यमिक विद्यालयको स्वामित्वमा रहेकोे पोखरी आधारमूत विद्यालयमा राख्नका लागि आवश्यक तयारी पूरा भएको छ । केन्द्र सञ्चालनका लागि इलाम नगरपालिकासहित देउमाई नगरपालिका र माईजोगमाई गाउँपालिकाका उपप्रमुखहरूले साथ दिएका छन् ।

सञ्चालक समितिमा देउमाई नगरपालिकाकी उपप्रमुख पविमाया राई र माईजोगगमाई गाउँपालिकाकी उपप्रमुख प्रवीना राई रहनुभएको छ । समितिमा रेडक्रस र मानवअधिकार मञ्चका प्रतिनिधिसमेत रहेका छन् ।

आगामी चैत १० गते आवास सञ्चालन गर्ने गरी प्रक्रिया अगाडि बढेको जनाइको छ । जिल्लामा पुनःस्थापना केन्द्र नहुँदा कहिले उदयपुर त काठमाडौँ पठाउनुपर्ने बाध्यता रहँदै आएको छ । रासस