२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिंसापीडित महिला राख्न सुरक्षित आवास



अ+ अ-

इलाम। हिंसापीडित महिलाहरूलाई राख्ने ठाउँ नहुँदा समस्या भएको भन्दै इलाममा सुरक्षित आवास सञ्चालनमा ल्याइने भएको छ । इलामबजार नजिक अर्थात् इलाम नगरपालिका–९ स्थित साबिकको पोखरी प्राविमा केन्द्र सञ्चालनको तयारी गरिएको हो ।

लामो समय सामाजिक क्षेत्रमा क्रियाशील समाजसेवी विष्णुकुमारी लिम्बूको संयोजकत्वमा केन्द्र सञ्चालक समिति गठन गरिएको छ । इलामका स्थानीय तहले यसमा सहयोग गर्ने भएका छन् । लिम्बू हाल इलाम नगरपालिकाको उपप्रमुख हुनुहुन्छ ।

राज्य पुनःसंरचनामा जानुपूर्व जिल्लामा रहेको महिला तथा बालबालिका कार्यालयले केही सहयोग गर्ने गरेको भए पनि स्थानीय तह गठनपछि बेवारिसे तथा हिंसापीडित महिलाहरूलाई आश्रय दिन सकिएको छैन, जसकारण धेरै महिलाहरू थप पीडित बन्नुपरकाले सुरक्षित आवास केन्द्र सञ्चालन गर्न लागिएको संयोजक लिम्बूले जानकारी दिनुभयो ।

कति महिलाहरू अझै पनि आफ्ना पीडा लुकाएर बसेका छन् । पीडा बाहिर लैजाँदा पीडकबाट थप सास्ती खेप्नुपर्छ भनेर दबिएर बस्नुपर्ने अवस्था छ । त्यसैकारण त्यस्ता महिलाको सुरक्षाका लागि हामीले यो काम थालेका हौं ।

हिंसापीडित महिलाहरूको सहजताका लागि हाल भगवती माध्यमिक विद्यालयको स्वामित्वमा रहेकोे पोखरी आधारमूत विद्यालयमा राख्नका लागि आवश्यक तयारी पूरा भएको छ । केन्द्र सञ्चालनका लागि इलाम नगरपालिकासहित देउमाई नगरपालिका र माईजोगमाई गाउँपालिकाका उपप्रमुखहरूले साथ दिएका छन् ।

सञ्चालक समितिमा देउमाई नगरपालिकाकी उपप्रमुख पविमाया राई र माईजोगगमाई गाउँपालिकाकी उपप्रमुख प्रवीना राई रहनुभएको छ । समितिमा रेडक्रस र मानवअधिकार मञ्चका प्रतिनिधिसमेत रहेका छन् ।

आगामी चैत १० गते आवास सञ्चालन गर्ने गरी प्रक्रिया अगाडि बढेको जनाइको छ । जिल्लामा पुनःस्थापना केन्द्र नहुँदा कहिले उदयपुर त काठमाडौँ पठाउनुपर्ने बाध्यता रहँदै आएको छ । रासस