२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योग र उद्यमशिलताको विकास बिना मुलुकको समृद्धि सम्भव छैनः उद्योगमन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको शासकीय प्रणालीभित्रका प्रक्रियागत जटिलताको समाधान सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ ।

आईतवार नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकारले आजका व्याप्त निराशा चिर्न नीतिगत सुधारका काम अघि बढाएको बताउनु भयो । उहाँले मुलुकमा रोजगारी सिर्जना गर्न, लगानी प्रवद्र्धन गर्न सरकारले काम गरिरहेको बताउनु भयो । उहाँले आजको राष्ट्रिय समस्यालाई सम्बोधन गर्नेकुरा सरकारको प्राथमिकतामा रहेको बताउनु भयो । उहाँले उद्योग र उद्यमशिलताको विकास बिना मुलुकको समृद्धि सम्भव नरहेको बताउनु भयो ।

मन्त्री भण्डारीले भन्नुभयो, ‘अहिलेको वर्तमान सरकारले आजका व्याप्त निराशा चिर्न पहिलो कुरा नेपालको शासकीय प्रणालीभित्र जुन प्रक्रियागत जटिलताले जगडिएको छ । त्यसलाई अन्त्य गरेर मुलुकमा रोजगारी सिर्जना गर्न, लगानी प्रवद्र्धन गर्न, आन्तरिक वा वाह्य लगानी प्रवद्र्धन गर्न हामी लागेका छाँै । आजको राष्ट्रिय समस्यालाई सम्बोधन गर्नेकुरा सरकारको प्राथमिकता हो । नेपालको शासकीय प्रणालीभित्रका जटिलताको समाधान गर्नेकुरा पहिलो प्राथमिकतामा राखेर नीतिगत सुधारको मार्ग प्रशस्त गरेका छौँ । नेपालको उद्यमशिलतामा थुप्रै आशालाग्दा महिला दिदिबहिनीहरुले प्रयत्न गरिरहनुभएको छ । उद्योग र उद्यमशिलताको विकास बिना मुलुकको समृद्धि सम्भव छैन । त्यसका लागि वर्तमान सरकारले थुप्रै नीतिगत सुधारका कार्यक्रम अघि बढाएको छ । ’

मन्त्री भण्डारीले नेपालमा सार्वजनिक कार्यालयमा स्वदेशी वस्तुको उपयोग बढाउने गरी सरकारले आफ्नो कार्यक्रमहरु अघि बढाएको बताउनु भयो ।