५ चैत्र २०८१, मंगलवार
March 18, 2025 Tuesday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 13.16

Wind: 1.03

Humidity: 54

तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राइटनसँग बराबरीमा रोकियो सिटी



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले बराबरी खेलेको छ । गएराति भएको खेलमा सिटीले ब्राइटनसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु टोलिले खेलको ११ औं मिनेटमा एर्लिङ हालाण्डको गोलबाट सुरुवाती अग्रता लिएको थियो । २१ औं मिनेटमा पेर्भिस इस्टुपिनानले गोल गर्दै ब्राइटनलाई १–१ को बराबरीमा ल्याए ।

यस्तै, ३९ औं मिनेटमा ओमार मार्मोसले गोल गर्दै सिटीलाई २–१ ले अघि बढाए । तर, ४८ औं मिनेटमा सिटीले आत्मघाती गोल खान पुग्यो र खेल २–२ को बराबरीमा गयो । सिटीका डिफेन्डर अब्दुकोदिर खुसानोभले आत्मघाती गोल गर्न पुगे ।

त्यसपछि खेलमा थप गोल हुन सकेन र दुबै टोलिले अंक बाँडे । यो नतिजासँगै सिटी २९ खेलबाट ४८ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ । ब्राइटन ४७ अंकका साथ सातौं स्थानमा छ ।