२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष

एसईईको नतिजा सार्वजनिक, कक्षा ११ को भर्ना भने अन्योलमै

एसईईको नतिजा सार्वजनिक, कक्षा ११ को भर्ना भने अन्योलमै
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको एसईईको परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले तोकेको समयभन्दा करिब दुई सातापछि परीक्षाफल प्रकाशित गरेको हो । बोर्डले शिक्षा विकास तथा समन्वय इकाइले प्रमाणित गरी पठाएको विवरण संकलन, रुजु र ग्रेडिङ गरी नतिजा प्रमाणीकरण गरिएको जनाएको छ । बोर्डले यो वर्ष इकाइले दिएको अंकलाई अक्षरांक पद्धतीमा प्रमाणीकरण गरेको कारण कुनै पनि विद्यार्थीको ग्रेडिङ सार्वजनिक नगरेको जनाएको छ । परीक्षा नियन्त्रक (एसईई) रामराज खकुरेलले अब वेवसाइट तथा विभिन्न माध्यमबाट परीक्षाफल हेर्ने विद्यार्थी आफैंले ग्रेड छुट्टयाउने काम गर्ने बताए । उनले भने– ‘हामीले प्रमाणीकरण मात्र गरेकाले ग्रेड छुट्टयाउन आवश्यक भएन ।’

बोर्डले कोभिड–१९ का कारण भीडभाड हुन सक्ने भन्दै जीपीए सार्वजनिक नगरेको हो । बढी ग्रेड आएका विद्यार्थीलाई नाम चलेका विद्यालयले तान्ने प्रवृत्ति रोक्न ग्रेड प्वाइन्ट एभरेज (जीपीए) सार्वजनिक नगरेको हो । यो वर्ष कुल ४ लाख ८२ हजार ९ सय ८६ परीक्षार्थीले परीक्षामा आवेदन भरेकोमा ४ लाख ७२ हजार ७८ हजार विद्यार्थीको मात्र प्रमाणीकरण भएको छ । १० हजार ९ सय ८ विद्यार्थीले परीक्षा दिएका थिएनन् । परीक्षाफल प्रकाशित गर्नुअघि बोर्डका अध्यक्ष र उपाध्यक्षसहित १३ जनाले सोमबार बिहान ९ बजेदेखि (नमुना कपी) डमीकपी हेर्नुका साथै परीक्षाको विश्लेषण गरेका थिए । दिनभर परीक्षाफल प्रशाशित गर्ने कि नगर्ने भन्ने विषयमा अन्योल थियो । बोर्डले सबै तयारी भइसकेको अवस्थामा परीक्षाफल रोक्नु आवश्यक नभएको भन्दै ४ बजे बोर्ड बैठक बोलाएको थियो ।

परीक्षा नियन्त्रण कार्यालयले करिब एक साताअघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो । सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग सहमति लिएर परीक्षफल प्रकाशित गर्ने निर्णय गरेको हो । यो वर्षदेखि विद्यालयले पठाएको अन्तिम मूल्याङ्कनको आधारमा बोर्डले प्रमाणीकरण गरी प्रमाणपत्र दिने निर्णय गरेको थियो । सोही आधारमा परीक्षाफल प्रकाशित भएको हो । बोर्डका अनुसार ९० देखि सय प्रतिशत अंक ल्याउनेलाई ए प्लस, ८० देखि ८९ लाई ए, ७० देखि ७९ लाई बी प्लस, ६० देखि ६९ सम्म बी, ५० देखि ५९ सी प्लस र ४० देखि ४९ प्रतिशत अंक ल्याउनेलाई सी ग्रेड दिने व्यवस्था छ । तर सार्वजनिक रुपमा ग्रेड छुट्टयाइएको छैन ।

बोर्डले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० र नेपाल टेलिकमको वेवासाइटमा सिम्बोल नम्बर र जन्ममिति प्रविष्ट गरेपछि ग्रेड तथा स्तरीकृत अङ्क (जीपीए) हेर्न सक्ने उल्लेख गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले तयार गरेको कार्यविधिमा पहिलो त्रैमासिकको १०, दोस्रोको ३० र अन्तिम परीक्षाको ६० प्रतिशत अंक दिने उल्लेख थियो । त्यसैको आधारमा विद्यालयले पठाएको नम्बरको आधारमा इकाइले प्रमाणीकरण गरी बोर्डले परीक्षाफल प्रकाशित गरेको हो । बोर्डले यो वर्ष ३ जनाको परीक्षा स्थगित गरेको छ ।

भदौ १५ सम्म भर्ना गर्न नपाइने
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले परीक्षाफल प्रकाशित भए पनि भदौ १५ गतेसम्म फारम भर्ने र भर्ना गराउनेलगायत भर्नासम्बन्धी कुनै पनि काम गर्न नपाउने स्पष्ट पारे । मन्त्रिपरिषद्को बैठकले भदौ १५ गतेसम्म विद्यालय सञ्चालन, भर्नालगायत कुनै पनि कार्यक्रम सञ्चालन गर्न नपाइने निर्णय गरेकाले सोही निर्णयलाई आधार मानेर कक्षा ११ को नयाँ भर्ना गर्न रोक लगाएको उनको भनाइ थियो ।

सरकारको निर्णयको अटेर गर्ने विद्यालयमाथि स्थानीय निकाय र शिक्षा विकास तथा समन्वय इकाइले अनुगमन गरी कारबाही गर्नेसक्ने व्यवस्था गरेको छ । राजधानीको ठूला भनिएका विद्यालयले प्रि–इन्ट्रान्स भन्दै भर्ना सकिसकेको छ । त्यसको अग्रपंक्तिमा कमलादीको युनिग्लोब रहेको छ । हिसानका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेश सिलवालको गोल्डेनगेट कलेजले शक्तिको आडमा परीक्षाफल प्रकाशित नहुँदै अनलाइनबाट प्रि–इन्ट्रासको विज्ञापन गरेपछि सबैले अवैध भर्ना शुरु गरेका हुन् ।

अब सरकारको निर्देशनअनुसार आन्तरिक रुपमा भर्ना गरे कारबाही गर्ने चेतावनी दिएको छ । परीक्षाफल प्रकाशित भए पनि १५ गतेसम्म भर्ना गर्न पाइनेछैन । सरकारको निर्देशन पालना नगर्ने विद्यालयलाई शिक्षा, विकास तथा समन्वय इकाइले कारबाही गर्नेछ ।

त्रुटि सच्याउन पनिका आउन नपर्ने
राष्ट्रिय परीक्षा बोर्डले परीक्षामा त्रुटि सच्याउन विद्यार्थीलाई पनिका आउनुपर्ने व्यवस्था हटाएको छ । कोरोना संक्रमणको कारण देशका अधिकांश जिल्ला र स्थानीय तह लकडाउनको अवस्थामा रहेको र संक्रमण फैलन सक्ने भएपछि त्रुटि सच्याउन शिक्षा समन्वय इकाइमा निवेदन दिनुपर्ने भएको छ ।

विद्यार्थीले सोमबारदेखि ३५ दिनभित्र फारम भरेर इकाइमा बुझाएपछि इकाइलेनै त्रुटि सच्याएर विद्यालयमा पु¥याउने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रक रामराज खकुरेलले कोभिड–१९ का कारण भीडभाड हुने भएपछि त्रुटि सच्याउन निवेदन लिने व्यवस्था इकाइलाई जिम्मेवारी दिने निर्णय भएको जानकारी गराए ।

माध्यमिक शिक्षा परीक्षाको विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ मा उल्लेख भएअनुसार त्रुटि सच्याउने व्यवस्था गरेको जनाएको छ । बोर्डले जारी गरेको विज्ञप्तिमा यो वर्ष नतिजा प्रमाणीकरणपछि पुनर्योग तथा पूरक ग्रेडवृद्धि परीक्षासम्बन्धी कार्य नहुने जनाएको छ । नेपाल समाचारपत्र दैनिक