२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतबाट १२ घण्टा विजुली नआउने, लोडसेडिङको खतरा !



फाइल फोटो
अ+ अ-

काठमाडौं । भारतबाट दैनिक १२ घण्टा मात्र विजुली आयात गर्न पाउने भएपछि नेपालमा रातिको समयमा लोडसेडिङ हुने अवस्था आएको छ । भारतले आइतबारदेखि ६५४ मेगावाट बिजुली सोलार आवर (बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म) मात्रै नेपाललाई दिने भएको हो ।

नेपाल विद्युत् प्राधिकरणले भारतसँग भएको सम्झौता अनुसार मार्च १६ तारिखदेखि १२ घण्टाभन्दा बढी समयमा बिजुली दिन नसक्ने जानकारी गराएको जनाएको छ । दिउँसो मात्रै बिजुली खरिद गर्न पाउने भएपछि आइतबारदेखि नै औद्योगिक क्षेत्रमा रातभर लोडसेडिङ हुने अवस्था देखिएको छ ।

मार्च १५ सम्म २० घण्टासम्म आवश्यकता अनुसार विद्युत् बिड गर्न पाउने भए पनि आइतबार देखि १२ घण्टा मात्रै बिजुली आयात हुने भएकाले लोडसेडिङको संकेत देखिएको छ । भारतबाट रातको समयमा बिजुली खरिद गर्न नपाउँदा उद्योगमा समस्या आउने देखिएको छ ।

अहिलेसम्म नेपालले भारतबाट २० घण्टासम्म बिजुली खरिद गर्दै आएको थियो ।

नेपालको विद्युत् उत्पादन ड्राइ सिजनका कारण निरन्तर रूपमा घट्दै आएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार भारतले पिक आवर (बेलुका ६ बजेदेखि १० बजेसम्म बिजुली नदिँदा रातको समयमा ४ घण्टा मात्रै लोडसेडिङ गरेर व्यवस्थापन गर्दै आएको थियो । अब सोलार आवरमा मात्रै भारतले विद्युत् दिने भएपछि उद्योगहरूमा थप लोडसेडिङ हुने अवस्था देखिएको छ ।

यसैबीच सरकारको अनुमति विना प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतसँग विद्युत् खरिद सम्झौता गरेको विषयमा स्पष्टीकरणले थप अन्योल सिर्जना भएको छ ।

भारतसँग विद्युत् खरिद सम्झौताका विषयमा सरकारले प्रश्न गर्दा उद्योग मात्रै नभएर समग्र क्षेत्रमा असर पर्ने देखिएको छ । नेपाल–भारतबिच विद्युत् आदान–प्रदान समितिको गत २०८१ माघ ३० गते भारतको नयाँ दिल्लीमा कार्यकारी घिसिङले विद्युत्को मूल्य १.५ प्रतिशतले वृद्धि गर्ने गरी सम्झौता गरेका थिए । उक्त सम्झौताको विषयलाई लिएर सरकारले मन्त्रीपरिषद्बाट समेत स्पष्टीकरण सोधेको छ ।

भारतसँग कुलमानले सन् २०२५ को अप्रिलबाट २०२६ को मार्च सम्मका लागि १३२, ३३ र ११ के.भी. प्रसारण लाइनमार्फत आदान– प्रदान गरिने विद्युत्को प्रतियुनिट दर क्रमश: ८.१०, ८.७८ र ९.४१ भारतीय रुपैयाँमा सम्झौता गरेका थिए । उनले सन् २०२४ अप्रिलदेखि २०२५ मार्चसम्मका लागि तय गरिएको दरमा १.५ प्रतिशत वृद्धि हुने गरी सहमति जनाएका थिए । सम्झौतामा नेपाललाई आवश्यक परेमा मात्र सुख्खायामका महिनाहरूमा मुख्यरुपमा साँझ ४ बजेदेखि राति ९ बजेसम्म र भारतीय इनर्जी एक्सचेन्जबाट प्रतिस्पर्धा गरी विद्युत् आयात स्वीकृति नभएको अवधिमा मात्र आयात गरिने गरी भएको थियो ।

उक्त सहमति भएको दर नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिबाट अनुमोदन र विद्युत् नियमन आयोगबाट स्वीकृति हुनु पर्छ । सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत भए पश्चात् अप्रिल २०२५ देखि मात्र तय गरिएको नयाँ दर लागू हुनेछ । तर उक्त सम्झौतालाई लिएर सरकारले कुलमानलाई स्पष्टीकरण सोध्दा भारतबाट बिजुली आउने सम्भावना कम भएको छ । नेपाल–भारतबिच विद्युत् खरिद सम्झौता सरकारबाट स्वीकृत नहुँदा नेपालमा लोडसेडिङ बढ्ने खतरा बढेको छ ।