२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष

नेपाल—भारत ज्वाइन्ट ओभरसाइड मेकानिज्मः भारत सहयोगमा नेपालमा सञ्चालित परियोजनाको काम सन्तोषजनक

नेपाल—भारत ज्वाइन्ट ओभरसाइड मेकानिज्मः भारत सहयोगमा नेपालमा सञ्चालित परियोजनाको काम सन्तोषजनक
अ अ+ अ-

काठमाडौं । नेपाल र भारतबीच सोमबार बसेको ‘नेपाल—भारत ज्वाइन्ट ओभरसाइड मेकानिज्म’ (संयुक्त निगरानी संयन्त्र) बैठकले भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको काम सन्तोषजनक भएको निष्कर्ष निकालेको छ । परियोजनाको काम सन्तोषजनक रहेको र थप सहकार्य गरेर अघि बढ्ने बढाउँदै जाने विषयमा पारस्परिक संवाद भएको परराष्ट्रका अधिकारीले जानकारी दिए । ‘भर्चुअल’ बैठकको नेतृत्व नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदाश वैरागी र भारततर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले गरेका थिए । लामो समयदेखि संवादहीनताको अवस्थामा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको दुई दिनपछि दुई देशबीचको संयुक्त निगरानी संयन्त्र बैठक हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा भएको सीमा विवादपछि दुई देशबीच संवादहीनता रहेकामा पछिल्ला दुई घटनाले केही आशा जगाएको पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाको बुझाइ छ । पछिल्ला दुई वटा संवाद हुनु भनेको संवादहीनता अन्त्य र संवाद गर्ने बाटो खुला भएको हो । सीमा विवादका कारण नेपाल र भारतबीच लामो समय संवाद हुन नसकिरहेका बेला नेपाल–ओभरसाइट मेकानिज्मको आठौं बैठक हुनुलाई महत्वपूर्ण मानिएको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार बैठकमा तराईका सडक, सीमापार रेल, अरुण–३ हाइड्रोपावर परियोजना, पेट्रोलियन पाइप लाइन, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, भूकम्पपछिको पुनर्निर्माण, सिञ्चाइ, प्रसारण लाइन, नेपाल पुलिस एकेडेमीको निर्माण, एकीकृत जाँच चौकी, रामायण सर्किट, महाकाली नदीमा पुल, कृषि, सांस्कृतिक सम्पदाको संरक्षणका विषयमा छलफल भएको छ । दुवै पक्षले कार्यान्वयन गर्दा आइपर्ने आवश्यक सहयोगलाई समयमै हल गर्ने सम्बन्धमा सहमति जनाएका थिए ।

यता भारतीय दूतावासले बैठकपछि विज्ञप्ति निकाल्दै सन् २०१९ जुलाई ८ तारेखमा भएको सातौं बैठकदेखि द्विपक्षीय आर्थिक र विकास सहयोग परियोजनाको विस्तृत समीक्षा गरेको जनाएको छ । दुवै पक्षले संवाद गरेर परियोजनाको काम अगाडि बढाउने विषयमा छलफल भएको विज्ञप्तिमा भनिएको छ । पछिल्लो एक वर्षमा भारत सरकारले नुवाकोट र गोरखामा भूकम्प प्रभावितलाई ४६ हजार ३०१ घर निर्माणमा सहयोग गरेको जनाएको छ । भारत सरकारले नेपालका भूकम्प प्रभावितलाई ५० हजार घर निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गरेको थियो । दूतावासले मोतिहारी–अमलेखगन्ज सीमापार पेट्रोलियम पाइपलाइनको सञ्चालन, विराटनगरमा एकीकृत जाँच चौकी तथा कोभिड–१९ सम्बन्धी विषयमा पनि नेपाललाई सहयोग गरेको जनाएको छ ।

‘कोभिड–१९ को समयमा पनि नेपाललाई आवश्यक समयमा स्वास्थ्य सामग्री र औषधि सामग्री भारतले सहयोग गरेको छ,’ विज्ञप्तिमा भनिएको छ । दुवै पक्षले नेपाल सरकारको सहयोगमा आर्थिक र विकास सहयोग परियोजनाहरू कार्यान्वयनमा भएको प्रगतिको समीक्षा गर्न पारस्परिक सुहाउँदो मितिमा पर्यवेक्षण संयन्त्रको अर्को बैठक गर्ने कुरामा सहमति भएको जनाएको छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सन् २००६ मा भारत भ्रमणमा गएको बेलामा दुई देशको बीचमा बनेको विकास परियोजना प्रगति अनुगमन समितिले समय समयमा कार्यप्रगतिको समीक्षा गर्ने गरेको छ । नेपालमा भारतीय सहयोगमा सञ्चालित विकास परियोजनाको प्रगति समीक्षा र अनुगमन गर्ने दुई पक्षीय विकास परियोजना अनुगमन समिति (ज्वाइन्ट ओभरसाइट मेकानिज्म) बनेको हो । राजधानी दैनिक