१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टर मिलानको शानदार जित, युरोपा लिगको फाइनलमा प्रवेश



अ+ अ-

डसेलर्डोफ । लउटारो मार्टिनेजको प्रेरणादायी उत्कृष्ट खेलमा इन्टर मिलानले सोमबार साख्तर डोनेस्कलाई सजिलै ५–० ले हरायो र युरोपा लिगको फाइनलमा प्रवेश गर्यो ।

अब 'सिरी ए' क्लब इन्टर नौ वर्षयता पहिलो उपाधि जित्न सक्ने स्थितिमा पुगेको छ । फाइनलमा इन्टरको सामना पाँच पल्टको विजेता सेभियासँग हुनेछ । अर्जेन्टिनी फरवार्डले प्रशिक्षक एन्टोनियो कोन्टेले तयार पारेको रणनीतिअनुसार उत्कृष्ट प्रदर्शन गरे र दुई गोल गरे ।

इन्टरका लागि रोमेलु लुकाकले दुई तथा डानिलो डि’एम्ब्रोसियाले एक गोल गरे । साख्तरले पनि नियमित अन्तरमा अवसर सिर्जना गरेपछि इन्टरको बलियो डिफेन्स तोड्न सकेन ।