११ चैत्र २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

६० वर्षको उमेरमा तेस्रो विवाह गर्दैछन् आमिर खान ?



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता आमिर खान १४ मार्च (आज)६० वर्षका भए । यस क्रममा आफ्नो प्रि–बर्थडे सेलिब्रेशनमा उनले आफ्नी प्रेमिकालाई सार्वजनिक गरे । तर, आमिर खानले गौरी स्प्राटको फोटो खिच्न दिन अस्वीकार गरे ।

केही भारतीय सञ्चारमाध्यमका अनुसार आमिर र गौरीको रोमान्स केही वर्षअघि सुरु भएको थियो तर उनीहरुले एकअर्कालाई २५ वर्षदेखि चिनेका छन् ।

को हुन् गौरी स्प्राट ?
गौरी स्प्राट बेंगलुरुकी बासिन्दा हुन् र अहिले आमिर खानको फिल्ममा काम गरिरहेकी छिन् । उनी हेयरड्रेसिङमा व्यावसायिक पृष्ठभूमिबाट आएकी हुन् । उनले युनिभर्सिटी अफ आर्ट्स, लन्डनबाट फेसन, स्टाइलिङ र फोटोग्राफीमा एफडीए डिग्री लिएकी छिन् । गौरीको आमा तमिलियन र बुबा आयरिश हुन् र उनका हजुरबुवा स्वतन्त्रता सेनानी थिए । यसबाहेक उनी ६ वर्षको छोराकी आमा पनि हुन् ।

आमिर खानसँग गौरीको सम्बन्ध निकै पुरानो छ । बलिउडको बारेमा धेरै थाहा नभए पनि बिस्तारै बुझ्दै छिन् । गौरीले आमिर खानका दुईवटा मात्र फिल्म हेरेको बताइन्, ‘दंगल’ र ‘लगान’ ।

आमिरले यो पनि बताए कि उनको परिवारले गौरीलाई स्वागत गरेको र सबैले उनलाई मन पराउँछन् । हालै आमिरको घरमा एक निजी डिनरमा गौरीले बलिउड सुपरस्टार सलमान खान र शाहरुख खानलाई पनि भेटेकी थिइन् ।

आमिर खानको पहिलो विवाह सन् १९८६ मा रीना दत्तसँग भएको थियो । यस विवाहबाट उनीहरुका सन्तान आयरा खान र जुनैद खान छन् । दुवैले सन् २००२ मा सम्बन्धविच्छेद गरेका थिए ।

यसपछि सन् २००५ मा आमिरले फिल्म निर्माता किरण रावसँग विवाह गरे । तर, यो सम्बन्ध पनि लामो समय टिक्न सकेन र सन् २०२१ मा दुवै अलग भए । उनीहरुको एउटा छोरा आजाद राव छन्, जसको जन्म सरोगेसी मार्फत भएको थियो ।