२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

चैत महिनामा १७ वाणिज्य बैंकहरुको ब्याजदर स्थिर



अ+ अ-

काठमाडौं । चैत महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् ।

चैत १ गतेदेखि लागू हुनेगरि सार्वजनिक गरिएको नयाँ ब्याजदर अनुसार अधिकांश वाणिज्य बैंकहरुले फागुन महिनाको ब्याजदरलाई निरन्तरता दिएका छन् । समग्रमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर फागुन र चैतको बराबर छ ।

चैतमा २० वाणिज्य बैंकमध्ये १७ बैंकले फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यस्तै, हिमालयन, लक्ष्मी सनराइज र नेपाल बैंकले ब्याजदर घटाएको छ ।

बैंकहरूले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम औसत ब्याजदर ५.९३ प्रतिशत छ । जुन, फागुनमा औसत ६.०१ प्रतिशत थियो ।

चैतमा एनआइसी एशिया बैंकको ब्याजदर सबैभन्दा धेरै ६.६ प्रतिशत छ । सिटिजन्स, नबिल, कुमारी, माछापुच्छ्रे, सिद्धार्थ, एभरेष्ट, राष्ट्रिय वाणिज्य बैंक, सानिमा, प्रभु, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक र ग्लोबल आईएमई बैंकले फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।