१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगको फाइनलमा ‘पीएसजी’



अ+ अ-

लिस्बन । युरोपेली च्याम्पियन्स लिगमा पहिलो पटक पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फाइनलको यात्रा तय गरेको छ । यसका लागि उसले मंगलवार अर्जेन्टिनी खेलाडी एन्जेल डि मारियाको उत्कृष्ट प्रदर्शनमा आरबी लाइपगिजलाई सजिलै ३–० ले हराएको थियो । पहिलो हाफमा पीएसजीले २–० को अग्रता लिएको थियो ।

त्यसमा मारक्विन्हो र डि मारियाले गोल गरे । दोस्रो हाफमा जुवान बर्नाटले तेस्रो गोल गरे र पीएसजीले इस्टाडियो डा लुइजमा आरामदायी जित निकाल्यो । सन् १९७० मा स्थापित पीएएजीले यस पल्ट आफ्नो ५०औं स्थापना दिवस मनाइरहेको छ र यसै अवसरमा फाइनल पुग्न पनि सफल रहेको छ ।

अब उपाधि भिडन्तका लागि उसले बुधबार बायर्न म्युनिक र लियोनबीच दोस्रो सेमिफाइनल विजेतासँग खेल्नेछ ।