६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. दिलीप शर्मा



अ+ अ-

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. दिलीप शर्मा नियुक्त हुनुभएको छ । प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डा. शर्मालाई दुई वर्षका लागि वीर अस्पतालको निर्देशक नियुक्त गर्नुभएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा. भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा गठित समितिको सिफारिसअनुसार डा. शर्मालाई उक्त पदमा सिफारिस गरेको थियो ।

डा. शर्मा वीर अस्पतालमै कार्यरत वरिष्ठ कलेजो रोग विशेषज्ञ हुन् । डा. शर्माले यसअघि चिकित्सा शिक्षा आयोगको निर्देशक र नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार भएर काम गरिसकेका छन् ।