१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्यान्ड र पाकिस्तानबीचको तेस्रो टेस्ट शुक्रबारदेखि हुँदै



अ+ अ-

साउथह्याम्पटन । इंग्ल्यान्ड र पाकिस्तानबीचको तेस्रो तथा निर्णायक टेस्ट आज (शुक्रबार) सुरु हुँदैछ । यसपल्टको इंग्लिस क्रिकेट सिजनको यो अन्तिम टेस्ट हुनेछ ।

यस्तै इंग्ल्यान्डले लगातार खेल्न लागेको यो छैटौं टेस्ट हुनेछ । यसअघि इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्ध तीन टेस्टको सिरिज खेलेको थियो । त्यसमा इंग्ल्यान्ड २–१ ले विजयी रहेको थियो । अहिलेको तीन टेस्टको सिरिजमा इंग्ल्यान्ड १–० ले अगाडि छ ।

इंग्ल्यान्डले सिरिजको पहिलो टेस्ट जितेको थियो भने वर्षाले प्रभावित दोस्रो टेस्ट बराबरीमा टुंगिएको थियो ।