९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब शाहिद–करीनाले एकअर्कालाई अँगालो हाले



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता शाहिद कपूर र अभिनेत्री करीना कपूर राजस्थानको जयपुरमा जारी आइफा अवार्डमा पुगेका छन् ।

आइफा स्टेजमा उनीहरु सँगै देखिएका थिए । दुवैले एक अर्कासँग कुरा गरे । यसपछि दुवैले एकअर्कालाई अँगालो हाले । यो दृश्य देखेर फ्यानहरु छक्क परे ।

कतिपय फ्यानले दुवैलाई पर्दामा सँगै हेर्ने इच्छा व्यक्त गरेका छन् । कतिपयले ‘जब वी मेट २’ बनाउनु पर्ने बताएका छन् ।

यी सबैको बीचमा जब शाहिद कपुरलाई करिनासँगको भेटमा के भन्छन् भनेर सोधियो, उनले एकदमै सरल जवाफ दिए । उनले यसलाई निकै ‘सामान्य’ भनेका छन् । ‘यो हाम्रा लागि सामान्य कुरा हो । यो हाम्रा लागि नौलो होइन । आज हामी मञ्चमा भेट्यौं र हामी यता–उता भेटिरहन्छौं ।’

शाहिद कपुर र करीना कपुरले सँगै धेरै फिल्ममा काम गरेका छन् । ‘फिदा’, ‘चुप चुप के’ र ‘जब वी मेट’ फिल्म चर्चित छन् ।
जब वी मेट फिल्ममा दुवैको अभिनयको निकै तारिफ भएको थियो । उनीहरुको अनस्क्रिन जोडीलाई फ्यानले निकै मन पराएका छन् ।

तर, ‘जब वी मेट’ पछि दुवै अलग भए । धेरै वर्षपछि यी दुवै एकपटक फेरि फिल्म ‘उडता पञ्जाब’मा देखिएका थिए ।

करीना र शाहिद प्राय स्कुलमा भेट्छन्
करिना कपुरले सैफ अली खानसँग विवाह गरिन् । उनीहरुका दुई सन्तान छन् । शाहिद कपुरले मीरा राजपूतसँग विवाह गरेका छन् । उनका पनि दुई सन्तान छन् ।

करिना र सैफका छोराछोरी तैमुर र जेह तथा शाहिद र मीराका छोराछोरी मीशा र जैन एकै विद्यालयमा पढ्छन् । करीना र शाहिद प्रायः स्कूलको समारोहमा एकअर्कालाई भेट्छन् ।