२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी भू–उपग्रहले खिचेको तस्बिरमा युक्रेनी पहुँचमा रोक



अ+ अ-

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी भू–उपग्रहले खिचेको तस्बिरमा युक्रेको पहुँचमा रोक लगाएका छन् ।

राष्ट्रपति ट्रम्पको निर्देशनपछि अमेरिकी भू–उपग्रहले खिचेको तस्बिरहरू युक्रेनसँग साझा गर्ने काम तत्कालका लागि रोकिएको छ ।

अमेरिकाको आफ्नै र अरू देशका निजी स्याटलाइट ले खिचेको तस्बिर पैसा तिरेर पनि किन्छन् । त्यसरी किनिएका र आफ्नै स्याटलाइट तस्बिहरू अमेरिकाले युक्रेनलाई प्रयोग गर्न दिन्छन् ।

तर तत्कालका लागि ती सबै रोकिएको अमेरिकी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले लेखेको छ ।

यसलाई युक्रेनलाई वार्तामा बस्नका लागि ट्रम्पले दिएको अर्को दबाबका रूपमा बुझिएको छ । स्याटलाइट तस्बिरहरूबाट युक्रेनले रूसी मुभमेन्टबारे जानकारी पाउन सक्थ्यो ।

ह्वाइट हाउसमा चर्काचर्की भएर तत्काल शान्ति सम्झौताका लागि युक्रेन वार्ता टेबलमा नबस्ने देखिएपछि आफूले विषयहरूमा युक्रेनलाई राजी गर्नेगरी वार्तामा बस्नका लागि ट्रम्पले विभिन्न किसिमले युक्रेनमाथि दबाब दिइरहेका छन् ।

यता युक्रेनलाई सैन्य सहायता, इन्टेलिजेन्स आदानप्रदान र स्याटेलाइट तस्बिरको पहुँच रोकेपछि रूसले आक्रमण तीव्र पारेको छ।
शुक्रबार युक्रेनको डोब्रोपिलिया सहर र खार्किब प्रान्तको वस्तीमा रूसले मिसाइल, ड्रोन र रकेटले आक्रमण गर्दा १४ जनाको मृत्यु भएको थियो ।