२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी भू–उपग्रहले खिचेको तस्बिरमा युक्रेनी पहुँचमा रोक



अ+ अ-

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी भू–उपग्रहले खिचेको तस्बिरमा युक्रेको पहुँचमा रोक लगाएका छन् ।

राष्ट्रपति ट्रम्पको निर्देशनपछि अमेरिकी भू–उपग्रहले खिचेको तस्बिरहरू युक्रेनसँग साझा गर्ने काम तत्कालका लागि रोकिएको छ ।

अमेरिकाको आफ्नै र अरू देशका निजी स्याटलाइट ले खिचेको तस्बिर पैसा तिरेर पनि किन्छन् । त्यसरी किनिएका र आफ्नै स्याटलाइट तस्बिहरू अमेरिकाले युक्रेनलाई प्रयोग गर्न दिन्छन् ।

तर तत्कालका लागि ती सबै रोकिएको अमेरिकी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले लेखेको छ ।

यसलाई युक्रेनलाई वार्तामा बस्नका लागि ट्रम्पले दिएको अर्को दबाबका रूपमा बुझिएको छ । स्याटलाइट तस्बिरहरूबाट युक्रेनले रूसी मुभमेन्टबारे जानकारी पाउन सक्थ्यो ।

ह्वाइट हाउसमा चर्काचर्की भएर तत्काल शान्ति सम्झौताका लागि युक्रेन वार्ता टेबलमा नबस्ने देखिएपछि आफूले विषयहरूमा युक्रेनलाई राजी गर्नेगरी वार्तामा बस्नका लागि ट्रम्पले विभिन्न किसिमले युक्रेनमाथि दबाब दिइरहेका छन् ।

यता युक्रेनलाई सैन्य सहायता, इन्टेलिजेन्स आदानप्रदान र स्याटेलाइट तस्बिरको पहुँच रोकेपछि रूसले आक्रमण तीव्र पारेको छ।
शुक्रबार युक्रेनको डोब्रोपिलिया सहर र खार्किब प्रान्तको वस्तीमा रूसले मिसाइल, ड्रोन र रकेटले आक्रमण गर्दा १४ जनाको मृत्यु भएको थियो ।