५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलाहरु एकतावद्ध भएमात्रै समाज परिवर्तन हुन्छः उपसभामुख राना



अ+ अ-

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले महिलाहरु एकतावद्ध भएमात्रै समाज परिवर्तन हुनसक्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ठूला कुरा गरेर भन्दा अनुशासित भएर काम गरे सफलता मिल्ने जिकिर गर्नुभयो । उहाँले सामाजिक, आर्थिक, राजनीतिक रुपान्तरणको कुरा गर्ने तर अर्कोतिर यसमै खेल खेल्ने कुराले कहिल्यै परिवर्तन हुन नसक्ने बताउनु भयो ।

उपसभामुख रानाले भन्नुभयो, ‘हामीले ठूलो ठूलो कुरा गर्ने भन्दा पनि हामी अनुशासित हुनुपर्छ । टाइमलाई हामीले समात्न सकेनौँ भने हामी कहिले पनि कतै पुग्न सकिँदैन । महिलाहरु एकतावद्ध हुनुपर्छ र मात्रै समाज परिवर्तन हुन्छ । सामाजिक, आर्थिक, राजनीतिक रुपान्तरणको कुरा गर्दछौँ तर हामी खेल खेल्छौँ । कहिले पनि परिवर्तन हुँदैन ।’

उपसभामुख रानाले पुरुष र नारी दुवै मिलेमात्रै परिवर्तन सम्भव रहेको बताउनु भयो । उहाँले नारी र पुरुष एक भएर मात्रै समाजलाई रुपान्तरण गर्नसकिने बताउनु भयो ।