६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट

कोरोना महामारी दुई वर्ष सम्ममा अन्त्य हुनसक्छ- विश्व स्वास्थ्य संगठन

कोरोना महामारी दुई वर्ष सम्ममा अन्त्य हुनसक्छ- विश्व स्वास्थ्य संगठन
अ+ अ-

बीबीसी । विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले कोरोनाभाइरस महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आफूले आशा गरेको बताएका छन्। शुक्रवार जेनेभामा बोल्दै डब्ल्यूएचओका महानिर्देशक डा.टेड्रोस एड्हानोम गेहब्रेयससले सन् १९१८ को ‘स्प्यानिश फ्लू’ नियन्त्रणमा आउन दुई वर्ष लागेको बताए।

तर हाल प्राविधिक रूपमा बढी सबल भएका अवस्थामा उक्त भाइरस “कम समयमा” नियन्त्रणमा आउन सक्ने उनले बताए। “पक्कै पनि बढ्दो घुलमिलका कारण भाइरस फैलन सक्ने पनि सम्भावना बढी छ,” उनले भने। “तर हामीसँग यसलाई रोक्नका लागि प्रविधि र ज्ञान पनि छ।”

सन् १९१८को घातक फ्लूका कारण कम्तीमा ५ करोडले ज्यान गुमाएका थिए। हालसम्म कोरोनाभाइरस सङ्क्रमणका कारण करिब ८ लाख मानिसहरूले ज्यान गुमाएका छन् भने २ करोड ७० लाख भन्दा बढी सङ्क्रमित भएका छन्।

महासचिव टेड्रोसले महामारीका बीच व्यक्तिगत सुरक्षा पोशाक ९पीपीई०सँग सम्बन्धित भ्रष्टाचार सम्बन्धी प्रश्नलाई पनि सम्बोधन गरे र त्यसलाई “अपराधको” सङ्ज्ञा दिए। “कुनै पनि किसिमको भ्रष्टाचार स्वीकार्य छैन,” उनले भने।

“तर वास्तवमा मेरा लागि पीपीईसँग सम्बन्धित भ्रष्टाचार हत्या हो। किनकि स्वास्थ्यकर्मीहरूले पीपीई बिना काम गर्नु भनेको हामीले उनीहरूको ज्यान खतरामा पार्नु हो। र त्यसले उनीहरूले सेवा गरिरहेकाहरूको ज्यान समेत खतरामा पार्छ।” उक्त प्रश्न दक्षिण अफ्रिकासँग सम्बन्धित भए पनि अन्य विभिन्न मुलुकहरूमा यस्तै किसिमको समस्या भोगिरहेका छन्।

डब्लुएचओको गतिविधि बेला बेलामा विवादमा पर्ने गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओसँगको सम्बन्ध रद्द नै गरेका छन् । उनले डब्लुएचओमाथि चीनको स्वार्थ अनुसार चलेको आरोप समेत लगाए । दिदै आएको फन्ड नै रोकिदिएका छन् ।

एकातर्फ डब्लुएचओ विवादमा पर्न थालेको छ । अर्कोतर्फ डब्लुएचओका प्रमुख घेब्रेयससको कोभिड १९ महामारीबारे विपरित भनाइहरु सार्वजनिक भइरहेका छन्।

कोरोना महामारी दुई वर्षभित्र अन्त्य हुने विश्वाससहितको भनाई सार्वजनिक हुनु अर्थपूर्ण छ । यसले विश्वमा नयाँ आशा जागेको छ । विश्वभर एक सय ६० भन्दा बढी भ्याक्सिन विकास भइरहेको, २५ वटा मानव परीक्षणका क्रममा रहेको र तीनवटा तेस्रो चरणको मानव परीक्षणमा रहेकाले नयाँ आशा जागेको छ । वैज्ञानिक आविष्कार र अनुसन्धानले विश्वमा कोरोनामाथि जीत हासिल गर्ने संकेतहरु देखिएको छ ।

अहिलेकै गतिमा भ्याक्सिन विकासमा गम्भीरता हासिल भई सफलता प्राप्त भएमा सन् २०२१ भित्र विश्वबाट कोरोना भाइरसको महामारी अन्त हुनसक्छ । विश्वका पाँच कम्पनि भ्याक्सिन विकासमा सफलतातर्फ पुगेका छन् । उनीहरुले यसै वर्ष उत्पादन शुरु गरी प्रयोग गर्ने तय भइसकेको छ । रुसी भ्याक्सिन आउँदो हप्ताबाट विश्वका विभिन्न देशमा समेत प्रयोग हुँदैछ । भ्याक्सिनको पहुँच विश्वभर सुनिश्चित गर्ने तत्परता समेत देखाइएको छ । यसरी अब महामारी अन्तको संकेतहरु देखिन थालेको छ ।