६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारको विकल्प आन्तरिक रोजगार नै होः मन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ । नेपाल सरकारले ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०८१’ को तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारको विकल्प आन्तरिक रोजगार भएको बताउनुभएको छ ।

उहाँले आन्तरिक रोजगारलाई प्रवद्र्धन गर्न मन्त्रालयमा आन्तरिक रोजगार महाशाखा स्थापना गरिएको बताउनु भयो । उहाँले रोजगार महाशाखाको नेतृत्वमा आगामी दशकलाई उद्यमशील समाज निर्माण गर्ने बताउनु भयो । रोजगार सम्मेलनमा उद्यमशीलताका आधारमा रोजगारी सिर्जन गर्ने विषयमा छलफल हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामी आफैँले जुन किसिमको भाष्य निर्माण गरेका छौँ कि मुलुक खाली हुन थाल्यो, उत्पादनशील युवा बाहिर जान थाले, देशमा कहीँ केही छैन । सबै विदेश गए मुलुक खाली भयो भन्ने खालको भाष्य निर्माण भइरहेको छ । अहिलेको महत्वपूर्ण विषय भनेको वैदेशिक रोजगारको विकल्प भनेको आन्तरिक रोजगार नै हो, अर्को उपाय छैन । अहिले मन्त्रालयमा आन्तरिक रोजगार महाशाखा स्थापना भइसकेको छ । यसैले लिड गरेर मुलुकमा आन्तरिक रोजगारका सम्भावनालाई हेरेर आगामी दशकलाई उद्यमशिलताको आधारमा उत्पादनशिल समाज बनाएर उत्पादन बढाएर कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भनेर छलफल गर्न खोजिएको छ ।’

सम्मेलनमा रोजगारी र उत्पादनशिलतामा सम्बन्धित तीनै तहका सरकार,निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी, अनुसन्धानकर्ता, विज्ञ विकास साझेदार, गैरसरकारी क्षेत्रका गरी पाँच सय युवाको सहभागिता रहने जनाइएको छ ।