५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी

औपचारिकताले संक्रमण बढेको छ, हुन्न भन्न सिकौं- डा. रवीन्द्र पाण्डे

औपचारिकताले संक्रमण बढेको छ, हुन्न भन्न सिकौं- डा. रवीन्द्र पाण्डे
अ+ अ-

औपचारिकता निभाउँदा र अरुले के भन्लान् भनेर अनिच्छापूर्वक सामाजिक गतिविधिमा सहभागी हुने हाम्रो बानीले कोरोना संक्रमण बढिरहेको पाटोलाई हामीले बिर्सिनुहुँदैन |

– चाडपर्वमा आफन्त नबोलाउँदा वा आफन्तको घरमा नजाँदा के भन्लान् ? के सोंचलान् ? पीर मान्ने हुन् कि ? भनेर हामी आफ्नो इच्छाविपरित चाडपर्व मनाउने गरेका छौं । यो सोंच महामारीको समयमा आत्मघाती सोंच हो | तीजको दर खान बोलाएका ब्यक्ति नै संक्रमित रहेको हामीले संचारमाध्यमार्फत सुनेका छौं ।

– आफन्त वा चिनजान भएका व्यक्तिको मृत्यु भयो भने मलामी नगए के सोंच्लान ? भनेर मुख देखाउन भएपनि जाने औपचारिकताको कारण वीरगंज, बुटवल लगायतका धेरै ठाउँमा मलामीहरू संक्रमित भएका समाचार हामीले सुनेका छौं ।

– आफन्तलाई लामो समय भेट नगर्दा किन आएन भन्छन् भनेर भेट्न जाँदा संक्रमण आदानप्रदान भएका धेरै घटना छन् ।

– पहिले जमघट गर्ने, सरसहयोग गर्ने तथा आउजाउ गर्ने आफन्त तथा साथीहरुलाई यसो भेट्न पर्यो भनेर जाँदा संक्रमण सरेका घटना हाम्रो समाजमा धेरै छन् ।

– आफन्त वा छिमेकी बिरामी भएको बेला घरमा वा अस्पतालमा भेट्न नगए के सोंच्लान ? भनेर बिरामीको घर वा भर्ना भएको अस्पताल गएपछि संक्रमित हुने सम्भावना बढी हुन्छ ।

– हाम्रा बिभिन्न संस्कारमा पटकपटक भेट गर्नुपर्ने प्रचलन छन् । ती प्रचलनमा सहभागी नभए के भन्लान् भनेर भेट्न जाँदा संक्रमण सर्ने सम्भावना धेरै हुन्छ ।

– टोलमा हुने बैठक तथा भेलामा यस्सो मुख देखाएर आउंछु भन्दा संक्रमण सारासार भएका घटना हाम्रो समाजमा भइरहेका छन् ।

– बैठक, छलफल आदिमा मास्क लगाएर बस्ने तर मास्क खोलेर चिया, पानी तथा खाजा खाने प्रचलन जोखिमपूर्ण हुन्छ । त्यसैले बैठकमा चिया, खाजा तथा पानी खाने गल्ती गर्नुहुँदैन ।

– संगै फोटो खिच्दा मास्क खोल्ने, दुरी कायम नगर्ने तथा प्रत्येक जनाको मोबाइलबाट फोटो खिच्ने साइकल पुरा गर्दा संक्रमण सर्ने सम्भावना धेरै हुन्छ । यस्तो गतिबिधि महामारीको समयमा नगरौं ।

– मिडियाले अन्तर्वार्ताको लागि स्टुडियोमा बोलाउँदा मन नलागि नलागि जाने तथा भेन्टिलेसन नभएको स्टुडियोमा लामो समय मास्क खोलेर तथा नजिकै बसेर चिच्याइ चिच्याइ बोल्दा संक्रमण हुने सम्भावना धेरै हुन्छ । प्रविधिको प्रयोग सबैभन्दा सुरक्षित उपाय हो ।

– जन्म, न्वारान, पास्नी, ब्रतबन्ध, बिबाह, मृत्यु आदि नियमित प्रक्रिया हुन् । यो प्रक्रियामा हाम्रो उपस्थिति अनिबार्य हुँदैन । तर हामीले अनिबार्य ठान्छौं । यो भ्रमबाट महामारीको समयमा मुक्त भएर टेलिफोन तथा इन्टरनेटको प्रयोग गर्दा दुवै पक्ष सुरक्षित हुन्छौं 

– जग पुजा, घरपुजालगायतका औपचारिकतामा हामी भौतिक रुपमा उपस्थित हुन जरुरी छैन ।

– हामी नेपालीमा हुँदैन 'नो', 'आउन सक्दिन' आदि स्पष्ट रुपमा भन्ने चलन छैन | 'हेरौंला', 'सकभर कोसिस गर्छु' , ' केहि इमर्जेन्सी नपरे आउंछु' जस्ता दोधारे उत्तर दिएर हामीले आफैलाई अप्ठ्यारोमा पार्ने काम गर्छौं | जे हो त्यहि भन्ने हो भने अर्को पक्षको पनि अपेक्षा हुँदैन, आफुलाई पनि दवाव खेप्नु पर्दैन |

यो महामारीको समयमा औपचारिकता निभाउने तथा अर्को पक्षको जोखिमलाई बुझेर पाहुना नबोलाउने, नजाने तथा टेलिफोन र इन्टरनेटको माध्यमबाट सुखदुख, आशिर्बाद, शुभकामना, बधाई, स्वास्थ्य लाभ, दुख प्रकट आदि गरौँ । को संक्रमित छ, को छैन भन्ने कुरा निधारमा लेखिएको हुँदैन । तसर्थ महामारीको अबधिमा आफ्नो मनको राजा बनौं, कसैले कसैलाई बाध्य नपारौं तथा औपचारिकता निभाउने काम नगरौं । एक अर्कालाई सहयोग गरौँ तर सकभर भेटघाट नगरौं !