२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलेसियामा नेपाली श्रमिकको सुरक्षादेखि डिजिटल सेवासम्म खरेलका प्राथमिकता News Polar प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा News Polar मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन News Polar दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक News Polar ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु News Polar पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाँचधारेमा स्तूपा निर्माण

पाँचधारेमा स्तूपा निर्माण
अ अ+ अ-

भोजपुर। भोजपुरको टेम्केमैयुङ–९ पाँचधारेमा स्तूपा निर्माण गरिएको छ । पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धन गर्ने लक्ष्यले यहाँ स्तूपा निर्माण गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु २७ लाखमा बौद्धस्तूपा निर्माण भइरहेको टेम्केमैयुङ–९ लेखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिनुभयो । काठमाडौँमा रहेको बौद्धस्तूपाको जस्तै आकारमा निर्माण हुने यो स्तूपा खोलुखुम्बुबाट दक्ष कालीगड ल्याएर निर्माणको काम भइरहेको उहाँको भनाइ छ ।

पर्यटकीय क्षेत्रको विकाससँगै धार्मिक सहिष्णुता कायम गर्न बौद्ध धर्म मान्ने समुदायलाई लक्षित गरेर स्तूपा निर्माण भइरहेको अध्यक्ष माङ्गपाहाङ्गले बताउनुभयो ।

“धार्मिकसँगै पर्यटकीय क्षेत्रको विकासका लागि स्तूपा निर्माण गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “पाँचधारे पर्यटकीय हिसाबले प्रचुर सम्भवना बोकेको स्थान हो । यसले यहाँको पर्यटनको विकासमा टेवा पुग्छ भन्ने हाम्रो लक्ष्य हो ।” यहाँ स्तूपा निर्माणपश्चात् पदमार्ग निर्माण, घेरबारासँगै वृक्षरोपण गरिने उहाँले जानकारी दिनुभयो ।

पाँचधारेमा ‘पाँच धाम’ निर्माण गर्ने लक्ष्यका साथ काम गरिरहेको अध्यक्ष माङ्गपाहाङ्गले बताउनुभयो । सबै समुदायको अपनत्व हुने गरी यहाँका संरचना निर्माण भइरहेका छन् । किरात समुदायलाई लक्षित गरेर पाँचधारेमा नै करिब रु ८० लाख लागतमा किरात सांस्कृतिक भवन निर्माण भइरहेको छ ।

अब हिन्दू समुदायलाई लक्षित गरेर पशुपति मन्दिर निर्माण गर्ने लक्ष्य रहेको अध्यक्ष राईले बताउनुभयो । “यहाँ बसोबास गर्ने सवै समुदायलाई समेटेर संरचना निर्माण गरिहेका छौँ”, उहाँले भन्नुभयो, “किरात, बौद्ध धर्मावलम्बीलाई लक्षित गरेर संरचना निर्माण भइरहेका छन् । धार्मिक पर्यटनको विकासको लागि पाँचधारेमा पाँच धाम निर्माण गर्ने योजना छ ।”

स्थानीय सौगात राईले पाँचधारे पोखरी तथा किरातेश्वर ढुङ्गे बगैँचाको संरक्षणसँगै पदमार्ग निर्माण भएपछि आन्तरिक पर्यटकको आवगमन बढेको बताउनुभयो । टेम्केमैयुङ गाउँपालिका भित्र रहेका पर्यटकीय क्षेत्रको योजनाबद्ध विकासमा जोड दिइएको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । कृषि र पर्यटनलाई स्थानीयवासीको जीविकोपार्जनसँग जोड्ने लक्ष्य रहेको उहाँको भनाइ छ । रासस