२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलेसियामा नेपाली श्रमिकको सुरक्षादेखि डिजिटल सेवासम्म खरेलका प्राथमिकता News Polar प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा News Polar मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन News Polar दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक News Polar ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु News Polar पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पर्यटक आकर्षित गर्दै तेह्रथुमको चाङलुङ गुफा

पर्यटक आकर्षित गर्दै तेह्रथुमको चाङलुङ गुफा
अ अ+ अ-

तेह्रथुम । छथर गाउँपालिका–६ सुदापमा रहेको चाङलुङ गुफामा पछिल्लो समय आन्तरिक पर्यटकको नजरमा पर्न थालेको छ । स्थानीय सरोकारवालाको पहलमा चाङलुङ गुफाको पर्यटन प्रवर्द्धन र प्रचारप्रसारको काम थालिएपछि उक्त स्थान पर्यटकको नजरमा पर्न थालेको हो ।

चाङलुङ गुफा क्षेत्रमा हरेक दिनजसो आन्तरिक पर्यटक पुग्ने गरेका छथर गाउँपालिका–६ का वडाध्यक्ष महेन्द्र मादेनले बताउनुभयो । उहाँका अनुसार हिउँदयाम वनभोज खाने र विशेष अवसरमा चाङलुङ गुफामा आन्तरिक पर्यटकको घुइँचो लाग्छ । करिब ३८ रोपनी क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा एक सय ५० मिटर लामो गुफा प्रकृतिको अनुपम उपहारका रूपमा रहेको छ । ‘टर्चलाइट’को सहायतामा अँध्यारो गुफा पार गर्दा मनमा केही डरसँगै रोमाञ्चक अनुभूति हुन्छ । यहाँ अन्य स–साना थुप्रै गुफा छन् । प्राकृतिक रूपमै मिलेर बसेका ढुङ्गाका थाक, ठुल्ठूला चट्टान, पहरा, विभिन्न प्रजातिका वनस्पति र चराचुरङ्गीको आवाजले चाङलुङ गुफा विचरणलाई थप यादगार बनाउँछ ।

यहाँ चाङलुङ देवी, मच्छिन्द्र देवीलगायत अन्य देवीदेवताको बासस्थान रहेको किंवदन्ती छ । स्थानीयले तिनको विशेष पूजाआराधना गर्दै आएका स्थानीय रमेश खड्काले बताउनुभयो । किंवदन्तीअनुसार प्राचीनकालमा चाङलुङ गुफाबाट चार किलोमिटर माथिको दारेगौँडाबाट एक बिजुवानी र एक कुकुर गुफाभित्र छिर्दा कुकुर मात्र चाङलुङ गुफामा निस्कियो । बिजुवानीभित्रै कतै अलप भइन् । उनी नै चाङलुङ देवी र मच्छिन्द्र देवीका रूपमा परिणत भएको विश्वासमा स्थानीयले पूजाआजा गर्न थालेको र यहाँ शक्तिशाली देवी रहेको विश्वास रहेको स्थानीय बुद्धिमान लिम्बूले बताउनुभयो ।

चाङलुङ गुफाको पर्यटन प्रवर्द्धनमा तीनै तहका सरकारले लगानी गरेका छन् । विसं २०७५ यता चाङलुङ गुफा पर्यटन प्रवर्द्धनमा तीन तहका सरकारका रु तीन करोड बजेट खर्च भइसकेको छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताउनुभयो । पर्यटक आकर्षित गर्न स्वागतद्वार, चट्टाने पहराको टुप्पोमा रिफ्रेसमेन्ट ९हावाघर०, सिँढी मार्ग, रेलिङ, फलैँचा, लभपार्कजस्ता संरचना निर्माण गरिएका छन् ।

कतिपय संरचना निर्माणाधीन अवस्थामा रहेका वडाध्यक्ष मादेनले बताउनुभयो । प्राकृतिक रूपमा अत्यन्तै सुन्दर र अनौठो लाग्ने चाङलुङ गुफालाई भविष्यमा पूर्वकै अब्बल पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको छथरका अध्यक्ष लिम्बूले बताउनुभयो । कोशी राजमार्गअन्तर्गत धनकुटाको सिधुवा बजारबाट शुक्रबारे बजार हुँदै छथर गाउँपालिका–५ मार्सेसम्म १२ किलोमिटर पक्की सडक र त्यहाँबाट तीन किलोमिटर कच्ची सडक हुँदै चाङलुङ गुफा पुग्न सकिन्छ । रासस