६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

बारा र रौतहट फाइनलमा

बारा र रौतहट फाइनलमा
अ+ अ-

बारा। बारा र रौतहट मधेस प्रदेशस्तरीय प्रधानमन्त्री कप पुरुष छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेका छन् । कलैया र वीरगञ्जमा आज भएको सेमिफाइनलमा जित निकाल्दै दुवै टोली फाइनलमा प्रवेश गरेका हुन् ।

कलैयाको सिद्धेश्वर खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा बाराले धनुषालाई ८१ रनले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको बाराले ४८.३ ओभरमा सबै विकेट गुमाएर दुई सय १३ रन जोडेको थियो ।

बाराका लागि पवन सर्राफले सर्वाधिक ९३ रन बनाए । प्लेयर अफ द म्याच घोषित पवनले ८३ बलमा नौ चौका र पाँच छक्का प्रहार गरेका थिए ।  यसैगरी अरनिको यादवले २७, रवि साहले २३ र अनिलकुमार साहले १३ रन जोडे । धनुषाका रुपेश यादवले पाँच विकेट लिए भने हरिशङ्कर साहले तीन विकेट लिएका थिए ।

बाराले दिएको दुई सय १४ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको धनुषा एक सय ३२ रनमै समेटियो । धनुषाका मयन यादवले २२, रंजित यादवले २०, सञ्जन यादव र रुपेश यादवले १८÷१८ रन बनाउँदा अन्य ब्याटर चल्न सकेनन् ।

वीरगञ्ज नारायणी क्रिकेट रङ्गशालामा भएको दोस्रो सेमिफाइनलमा रौतहटले सिरहालाई १७ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ रोजेको रौतहटले २७.३ ओभरमा सबै विकेट गुमाएर एक सय दुई रन जोडेको थियो ।

रौतहटका लागि सन्नी साहले २३ रन बनाए भने प्रिन्स यादव, डब्लु मलिक र राज पटेलले समान १५÷१५ रन बनाएका थिए । सिरहाका प्रदीप पासवानले ६ विकेट लिए भने रुपेश सिंहले तीन विकेट हात पारे । रौतहटले दिएको एक सय तीनको सामान्य लक्ष्य पछ्याउन मैदानमा उत्रिएको सिरहा ८५ रनमै समेटियो । सिरहाले २९.५ ओभरमै आफ्नो सबै विकेट गुमाएको थियो । सिरहा दीपेश दासले २० रन बनाउँदा अन्य ब्याटरले सम्मानजनक प्रदर्शन गर्न सकेनन् ।

रौतहटका मोहन घिमिरेले चार, अरविन्द बैठाले तीन र डब्लु मल्लिकले दुई विकेट लिए । चार विकेट लिएका मोहन प्लेयर अफ द म्याच घोषित भए । प्रतियोगिताको फाइनल शुक्रबार वीरगन्जमा हुनेछ । प्रतियोगितामा मधेसको आठ वटै जिल्लाको सहभागिता रहेको थियो । प्रतियोगिताबाट छनौट समितिले १५ सदस्यीय मधेस प्रदेश टिम छनोट गर्ने मधेस प्रदेश क्रिकेट सङ्घका कोषाध्यक्ष सुवास जयसवालले जानकारी दिनुभयो । रासस