२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलेसियामा नेपाली श्रमिकको सुरक्षादेखि डिजिटल सेवासम्म खरेलका प्राथमिकता News Polar प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा News Polar मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन News Polar दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक News Polar ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु News Polar पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

चौथो खुमबहादुर खड्का स्मृति भलिबलको सेमीफाईनल समीकरण पूरा

चौथो खुमबहादुर खड्का स्मृति भलिबलको सेमीफाईनल समीकरण पूरा
अ अ+ अ-

घोराही। दाङको घोराहीमा चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको लिग चरणका खेल सकिएसँगै सेमीफाईनल खेल्ने चार टीमको टुंगो लागेको छ ।

खुमबहादुर खड्का समाज विकास समिति दाङको आयोजनामा जारी प्रतियोगितामा बिहीबार लिग चरणका सबै खेल सकिएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो । जिल्ला समन्वय समिति घोराहीको मञ्चमा मंगलबारदेखि जारी प्रतियोगिताको बिहीबार भएको लिग चरणका खेल सकिएसँगै सेमीफाईनलमा रोयल सिस्ने स्पोटर््स अपराजित रहँदै समुह ‘ए’ को विजेता हुँदै र वली बंशावली समाज (चित्रालेखी) अपराजित रहँदै समुह ‘बी’ को विजेता हुँदै सेमीफाईनलमा प्रवेश गरेको छ ।

यसैगरी, समुह ‘ए’ को उपविजेता हुँदै न्यू होराईजन स्पोटर््स क्लब र समुह ‘ए’ को उपविजेता भएर मणिमुकुन्द भलिबल क्लब अन्तिम चारमा प्रवेश गरेका छन् । अब शुक्रबार बिहान ९ बजे पहिलो सेमीफाईनलमा रोयल सिस्ने स्पोटर््स र न्यु होराईजन स्पोटर््स क्लब बीच खेल हुनेछ भने दोस्रो सेमीफाईनलमा वली बंशावली समाज (चित्रालेखी) र मणिमुकुन्द भलिबल क्लबबीच दिउँसो २ बजेपछि खेल हुने नेपाली कांग्रेस दाङका सहसचिव एवं खुमबहादुर खड्का समाज विकास समितिका संयोजक राजु आचार्यले जानकारी दिनुभयो ।

यसैबीच, लुम्बिनी प्रदेशका १० टीम सहभागी प्रतियोगिता अन्तरगत बिहीबार भएको खेलमा न्यू होराईजन स्पोटर््स क्लब, मणिमुकुन्द भलिबल क्लब, रोयल सिस्ने स्पोटर््स विजयी भएका छन् । लिग चरणको ८औँ खेलमा न्यु होराईजन स्पोटर््स क्लबलाई दंगीशरण गाउँपालिकाले वाकओभर दिएपछि अंक जोड्यो ।

९औँ खेलमा मणिमुकुन्द भलिबल क्लबले रोयल मुर्कुटी क्लबलाई २५–१४ र २५–१० को सोझो सेटमा हरायो । १०औँ खेलमा वली बंशावली समाज (चित्रालेखी) ले न्यु होराईजन स्पोटर््स क्लबलाई २५–१७ र २५–१७ को सोझो सेटमा हरायो । यद्यपि, यी दुवै टीम समुह ‘बी’ को विजेता र उपविजेता हुँदै अन्तिम चारमा प्रवेश गरेका छन् ।

प्रतियोगिताको ११औँ खेलमा रोयल सिस्ने स्पोटर््सले रोयल मुर्कुटी क्लबलाई २५–१५ र २५–१९ को सोझो सेटमा हरायो । लिग चरणको अन्तिम तथा १२ औँ खेलमा वली बंशावली समाज (चित्रालेखी) ले गोरखा मोडेल स्कुललाई २७–२५ र २५–१८ को सोझो सेटमा हरायो ।

फागुनको २४ गते शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टीमले नगद दुई लाख ५१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुने टीमले नगद एक लाख २५ हजार तथा तेस्रो हुने टीमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।