२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलेसियामा नेपाली श्रमिकको सुरक्षादेखि डिजिटल सेवासम्म खरेलका प्राथमिकता News Polar प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा News Polar मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन News Polar दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक News Polar ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु News Polar पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

कार्यसम्पादनमा अब्बल बन्न मुख्यमन्त्री कँडेलको निर्देशन

कार्यसम्पादनमा अब्बल बन्न मुख्यमन्त्री कँडेलको निर्देशन
फाइल फोटो
अ अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पक्षधरताभन्दा कार्यसम्पादनमा अब्बल भएर सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ ।

प्रदेश सरकारअन्तर्गत खुला प्रतिस्पर्धाबाट अधिकृत सातौँमा नियुक्त भएका अधिकृतहरुलाई आज आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कँडेलले सेवा प्रवाहमा पक्षधरताभन्दा कार्यसम्पादनलाई प्रमुख ठानेर काम गर्न निर्देशन दिनुभएको हो ।

समाजमा कर्मचारी र राजनीतिक नेतृत्वप्रति हेर्ने दृष्टिकोण सकारात्मक नभएको चर्चा गर्दै मुख्यमन्त्री कँडेलले अब सबै तहका कर्मचारीले समाजलाई सकारात्मक दृष्टिकोण बनाउनेगरी काम थाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हिजोको जस्तो छैन, नागरिक सचेत भइसकेका छन्, तपाईंहरुको कामको मूल्याङ्कन नागरिकस्तरबाटै भइरहेको छ ।” आफ्नो जिम्मेवारी बढेसँगै आडम्बर समाजलाई देखाउने नाममा गलत काम गरेर आर्थिक हैसियत बढाउने काममा नलाग्न मुख्यमन्त्री कँडेलले कर्मचारीलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “तपाईंहरु नै भोलिको प्रदेश सचिव, प्रमुख सचिवको हकदार हो, इमान्दारिताले त्यो स्थानमा पुग्न सकिन्छ तर म अधिकृत भए भन्दै भनेर प्रचलित कानुनविपरीत गएर काम गर्नुभयो भने तपाईंहरुकै करिअर समाप्त हुन्छ ।”

निजामती कर्मचारी समाजको पथपदर्शक पनि भएकाले सामाजिक रुपान्तरणमा कर्मचारीहरु महत्वपूर्ण योगदान दिनसक्ने मुख्यमन्त्री कँडेलले धारणा राख्नुभयो । कर्मचारीले राम्रो काम गरेर देखाए त्यसले समाजमा सकारात्मक प्रभाव पार्ने र नागरिकलाई थितिमा हिँड्न बाध्य पार्ने पनि मुख्यमन्त्री कँडेललको भनाइ थियो ।

सरकारका नीतिगत निर्णयमा राजनीतिक नेतृत्व जिम्मेवार भए पनि निर्णय कार्यान्वयन गर्ने प्रमुख दायित्व कर्मचारी संयन्त्रको भएकाले कर्मचारीको कार्यसम्पादनबाटै सरकारको उपलब्धि देखिने पनि मुख्यमन्त्री कँडेलको धारणा थियो । विकास र समृद्धि भनेको एकल यात्रा नभएर सामूहिक यात्रा भएकाले आ–आफ्नो ठाउँबाट सबैले योगदान दिनसके समृद्धि टाढा नरहेको पनि मुख्यमन्त्री कँडेलको भनाइ थियो ।रासस