२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यसम्पादनमा अब्बल बन्न मुख्यमन्त्री कँडेलको निर्देशन



अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पक्षधरताभन्दा कार्यसम्पादनमा अब्बल भएर सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ ।

प्रदेश सरकारअन्तर्गत खुला प्रतिस्पर्धाबाट अधिकृत सातौँमा नियुक्त भएका अधिकृतहरुलाई आज आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कँडेलले सेवा प्रवाहमा पक्षधरताभन्दा कार्यसम्पादनलाई प्रमुख ठानेर काम गर्न निर्देशन दिनुभएको हो ।

समाजमा कर्मचारी र राजनीतिक नेतृत्वप्रति हेर्ने दृष्टिकोण सकारात्मक नभएको चर्चा गर्दै मुख्यमन्त्री कँडेलले अब सबै तहका कर्मचारीले समाजलाई सकारात्मक दृष्टिकोण बनाउनेगरी काम थाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हिजोको जस्तो छैन, नागरिक सचेत भइसकेका छन्, तपाईंहरुको कामको मूल्याङ्कन नागरिकस्तरबाटै भइरहेको छ ।” आफ्नो जिम्मेवारी बढेसँगै आडम्बर समाजलाई देखाउने नाममा गलत काम गरेर आर्थिक हैसियत बढाउने काममा नलाग्न मुख्यमन्त्री कँडेलले कर्मचारीलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “तपाईंहरु नै भोलिको प्रदेश सचिव, प्रमुख सचिवको हकदार हो, इमान्दारिताले त्यो स्थानमा पुग्न सकिन्छ तर म अधिकृत भए भन्दै भनेर प्रचलित कानुनविपरीत गएर काम गर्नुभयो भने तपाईंहरुकै करिअर समाप्त हुन्छ ।”

निजामती कर्मचारी समाजको पथपदर्शक पनि भएकाले सामाजिक रुपान्तरणमा कर्मचारीहरु महत्वपूर्ण योगदान दिनसक्ने मुख्यमन्त्री कँडेलले धारणा राख्नुभयो । कर्मचारीले राम्रो काम गरेर देखाए त्यसले समाजमा सकारात्मक प्रभाव पार्ने र नागरिकलाई थितिमा हिँड्न बाध्य पार्ने पनि मुख्यमन्त्री कँडेललको भनाइ थियो ।

सरकारका नीतिगत निर्णयमा राजनीतिक नेतृत्व जिम्मेवार भए पनि निर्णय कार्यान्वयन गर्ने प्रमुख दायित्व कर्मचारी संयन्त्रको भएकाले कर्मचारीको कार्यसम्पादनबाटै सरकारको उपलब्धि देखिने पनि मुख्यमन्त्री कँडेलको धारणा थियो । विकास र समृद्धि भनेको एकल यात्रा नभएर सामूहिक यात्रा भएकाले आ–आफ्नो ठाउँबाट सबैले योगदान दिनसके समृद्धि टाढा नरहेको पनि मुख्यमन्त्री कँडेलको भनाइ थियो ।रासस