२९ श्रावण २०८३, शुक्रबार
,
Latest
ब्याट्री रिसाइक्लिङ आयातकर्ताले मात्रै गर्न सक्दैनन, छुट्टै कम्पनीमार्फत गर्नुपर्छ:आकाश गोल्छा प्रहरी अनुसन्धान र हिरासत व्यवस्थापनलाई सुदृढ बनाइँदै वैदेशिक भ्रमणमा सरकारको कडाइ, पूर्वस्वीकृति अनिवार्य नेपालले अहिल्यैदेखि ईभी ब्याट्री रिसाइलको स्पष्ट नीति बनाउनुपर्छ:डा. भनोट नेप्से परिसूचक सात अङ्कले घट्यो काठमाडौँ विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त प्रधानन्यायाधीश शर्माले आफूखुशी संवैधानिक इजलास गठन गर्ने गरेको भन्दै बार अध्यक्ष मिश्रको आपत्ति झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी कारागार सुधार र राजनीतिक सहमति कार्यान्वयनमा सरकार प्रतिवद्ध छः कानूनमन्त्री गौतम मन्त्री बादी र युएनएफपीए प्रतिनिधिबीच भेटवार्ता, महिला तथा सीमान्तीकृत समुदायको सशक्तीकरणमा सहकार्य गर्ने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार कमिसनखोर व्यापारीहरुको पक्षपोषण गरिरहेको रास्वपा सांसद ढकालको आरोप



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकार कमिसनखोर व्यापारीहरुको पक्षपोषण गरिरहेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद ढकाललले यस्तो आरोप लगाउनुभएको हो ।

उहाँले खाना पकाउने ग्यासको कमिसन वृद्धिमा उद्योगमन्त्री नै संलग्न हुँदा उपभोक्ताहरु समस्या परेको बताउनु भयो । उहाँले व्यवसायी, ढुवानीकर्ता र विक्रेताबीच हुने विवादको मार आम उपभोक्ताले खेप्नु परेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘कति वर्ष भयो घरघरमा ग्यासको पुर्याउने भनेको ? मैले मात्र सुनेको हो कि अन्य माननीयज्युले पनि सुन्नुभएको हो । दश वर्षजति त भएछ त ? अनि जसले बिजुली चुलोको नीतिहरु बनाउँदै थियो उसलाई कारबाही गर्न सरकार तयार भएर बसेको छ ।’

उहाँले सरकार विद्युतीय चुलो ल्याउने नीति बनाइरहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन तयार भएर बसेको समेत आरोप लगाउनु भयो ।