१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगको उपाधी बायर्नले जित्यो



अ+ अ-

लिस्बन । जर्मन च्याम्पियन बायर्न म्युनिकले छैटौंपल्ट युरोपेली च्याम्पियन्स लिग जितेको छ । फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई १–० ले पराजित गर्दै  युरोपेली च्याम्पियन्स लिगको उपाधी कब्जा गरेको हो । खेलको निर्णायक गोल किंग्सली कोमनले ५९ औं मिनेटमा गरे ।

जोसुआ किमिचको पासलाई हेड गर्दै उनले खेलको एक मात्र निर्णायक गोल गरेका हुन् । पीएसजीले भने पहिलो पल्ट पहिलोपल्ट च्याम्पियन्स लिगको फाइनल खेलेको थियो ।

बायर्नले यसअघि घरेलु बुन्डेसलिगा र जर्मनकप पनि जितेको थियो । खेलको ‘म्यान अफ द म्याच’ बायर्न गोलरक्षक म्यानुएल नोया रहे । उनले उत्कृष्ट प्रदर्शन गरे ।

त्यस अगाडि पीएसजीका नेयमार र केयलिन एमबापेको प्रदर्शन फिक्का परेको थियो ।  बायर्नले युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जितेको यो छैटौं पल्ट हो ।