एजेन्सी । निर्देशक अनुराग कश्यपले बलिउडमा ‘आउट अफ द बक्स’ फिल्म बनाएका छन् । तर, पछिल्लो समय उनी बलिउडको वर्क कल्चरलाई लिएर निकै चिन्तित देखिन्थे ।
त्यसैले निर्देशकले मुम्बई छोड्ने निर्णय गरे । उनी अहिले मुम्बईबाट टाढा दक्षिण भारतमा बस्दै आएका छन् । हालै अनुरागले फेरि बलिउडको खराब कार्य संस्कृतिको बारेमा कुरा गरेका छन् ।
हालै द हिन्दुसँगको कुराकानीमा अनुरागले बलिउड उद्योग विषाक्त भएको भन्दै उनले मुम्बई छोडेको बताए । उनी त्यस्ता व्यक्तिबाट टाढा रहन चाहन्छन् ।अनुरागले बलिउडमा सबैले ८०० करोड कमाउने फिल्मको लक्ष्य राखेको र त्यो लक्ष्य पछ्याइरहेको बताउँछन् ।
जसका कारण सिर्जनात्मक वातावरण समाप्त भएको उनको भनाई छ । अनुरागको नजिकका स्रोतका अनुसार निर्देशक अहिले बेंगलुरु सरेका छन् ।
थप कुराकानीमा अनुरागले भविष्यमा मलयालम र तमिल फिल्महरू बनाउन चाहेको पनि बताए । अनुरागले केही साउथ इन्डियन फिल्ममा अभिनेताको रुपमा काम गरिसकेका छन् भने अधिकांश फिल्ममा उनी नकारात्मक भूमिकामा देखिएका छन् ।










