९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्चित निर्देशक अनुराग कश्यप किन मुम्बई छाडेर साउथतर्फ लागे ?



अ+ अ-

एजेन्सी । निर्देशक अनुराग कश्यपले बलिउडमा ‘आउट अफ द बक्स’ फिल्म बनाएका छन् । तर, पछिल्लो समय उनी बलिउडको वर्क कल्चरलाई लिएर निकै चिन्तित देखिन्थे ।

त्यसैले निर्देशकले मुम्बई छोड्ने निर्णय गरे । उनी अहिले मुम्बईबाट टाढा दक्षिण भारतमा बस्दै आएका छन् । हालै अनुरागले फेरि बलिउडको खराब कार्य संस्कृतिको बारेमा कुरा गरेका छन् ।

हालै द हिन्दुसँगको कुराकानीमा अनुरागले बलिउड उद्योग विषाक्त भएको भन्दै उनले मुम्बई छोडेको बताए । उनी त्यस्ता व्यक्तिबाट टाढा रहन चाहन्छन् ।अनुरागले बलिउडमा सबैले ८०० करोड कमाउने फिल्मको लक्ष्य राखेको र त्यो लक्ष्य पछ्याइरहेको बताउँछन् ।

जसका कारण सिर्जनात्मक वातावरण समाप्त भएको उनको भनाई छ । अनुरागको नजिकका स्रोतका अनुसार निर्देशक अहिले बेंगलुरु सरेका छन् ।

थप कुराकानीमा अनुरागले भविष्यमा मलयालम र तमिल फिल्महरू बनाउन चाहेको पनि बताए । अनुरागले केही साउथ इन्डियन फिल्ममा अभिनेताको रुपमा काम गरिसकेका छन् भने अधिकांश फिल्ममा उनी नकारात्मक भूमिकामा देखिएका छन् ।