२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः लेभरकुसेनमाथि बायर्नको जित, इन्टरले फेयनुर्डलाई हरायो



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले जित निकालेको छ ।

अन्तिम १६ को पहिलो लेगमा अर्को जर्मन क्लब लेभरकुसेनमाथि बायर्नले ३–० गोलले हराएको हो ।

घरेलु मैदान एलियान्ज एरेनामा बायर्नलाई जित दिलाउन ह्यारी केनले पेनाल्टीसहित दुई तथा जमाल मुसियालाले एक गोल गरे ।

खेलको ६२ औं मिनेटमा नोर्डी मुकिलीले रातो कार्ड खाएपछि लेभरकुसेन १० खेलाडीमा समेटिएको थियो । अब दोस्रो लेग मार्च १२ मा लेभरकुसेनको घरेलु मैदानमा हुनेछ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा इटालियन क्लब इन्टर मिलानले डच क्लब फेयनुर्डलाई उसकै घरेलु मैदानमा २–० गोलले हरायो ।

इन्टरको जितमा खेलको ३८ औं मिनेटमा मार्कुस थुरामले तथा ५० औं मिनेटमा लौटारो मार्टिनेजले गोल गरे ।

जितसँगै इन्टरले एग्रिगेटमा २–० को अग्रता लिएको छ । अब दोस्रो लेग इन्टरको घरेलु मैदानमा हुनेछ ।