२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमान घिसिङको कार्यसम्पादन मूल्याङ्कनमा शून्य अंक दिएको भन्दै माओवादी केन्द्रको आपत्ति



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यसम्पादन मूल्याङ्कनमा शून्य  अंक दिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले कार्यकारी निर्देशक निर्देशक घिसिङलाई पटक पटक स्पष्टिकरण सोधिएकोबारे सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले घिसिङले प्राधिकरणलाई नाफा लैजान मुख्य भुमिका खेलेको उल्लेख गर्दै सरकार हात धोएर पछि परेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जसले सधैं रकम उठाउने कुरा जो गरिरहनुभएको छ । त्यो करम उठाउने कुरामा पनि रोकावट बारम्बार जो आइरहेको छ । सरकारले यस्तो नगरियोस् । यसका लागि हामी सरकारलाई रुलिङ गर्न समेत अनुरोध गर्न चाहन्छौं ।’

उहाँले सरकारले उद्योगहरुको वक्यौता उठाउन समेत रोक लगाइरहेको भन्दै त्यसको गर्न नदिन सभामुखसँग रुलिङको माग गर्नुभयो ।