६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव

यसरी भयावह बन्दैछ उपत्यकाको अवस्था !

यसरी भयावह बन्दैछ उपत्यकाको अवस्था !
अ+ अ-

काठमाडौं । काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी गरेको पाँचौं दिन तीनवटै सुरक्षा निकायका प्रमुखले कोभिड १९ को अवस्था समुदायस्तरमै फैलिएको र स्थिति भयावह उन्मुख रहेको ब्रिफिङ गरेका छन्। गृहमन्त्री रामबहादुर थापा, गृहसचिव महेश्वर न्यौपानेसहितको उपस्थितिमा गृह मन्त्रालयमा आयोजित सुरक्षा ब्रिफ्रिङ बैठकमा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख चक्रबहादुर बुढा, गृहमन्त्रीका सल्लाहकारद्वय सूर्य सुवेदी र इन्द्रजित राईले काठमाडौं उपत्यकाभर कोरोनाको संक्रमण दर बढेको र स्थिति भयावह उन्मुख रहेको बताए।  

उनीहरूले नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी तथा स्वास्थ्यकर्मी आफैं बढी संक्रमित हुने अवस्था आएकाले सावधानीका उपाय अपनाउनुपर्नेमा जोड दिए। काठमाडौंभित्र अझै फैलिनसक्ने र पिसिआर परीक्षणका दायरा नपुगेको तथा फ्रन्टलाइनमा बसेर काम गर्ने सुरक्षानिकायका कर्मचारी र स्वास्थ्यकर्मीलाई अझ जोगाउनुपर्ने आवश्यकतामा रहेको जोड दिएको मन्त्रालय स्रोतले जनाएको छ।  

गृह प्रवक्ता चक्रबहादुर बुढाले सो बैठक नियमित भएको बताए। सुरक्षा निकायका प्रमुखहरूले २ नं प्रदेश र काठमाडौं उपत्यकाभित्र समुदायस्तरमै कोरोना फैलिएको ब्रिफिङ गरेका हुन्। उनीहरूले शान्ति सुरक्षाको अवस्थाबारे पनि जानकारी गराएका थिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि कार्यस्थल र काममा पनि बाधा आइपरेको उनीहरूको गुनासो थियो। सरकारले दिने भनेको जोखिम भत्तासमेत नपाएकोमा तत्लो तहका कर्मचारीको गुनासो आएको बताउँदै उनीहरूले आवश्यक पहल गरिदिन मन्त्री थापालाई आग्रह गरेका थिए।  

निजी १० अस्पतालमा संक्रमित राखिने 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले १० वटा निजी अस्पतालमा कोरोना संक्रमित राखेर उपचार गर्ने तयारी भएको जनाएको छ। जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डिसिएमसी) ले उपत्यकाभित्रका केही अस्पतालका आइसोलेसन बेडको संख्या सरकारलाई बुझाएपछि ती अस्पतालमा कोरोना संक्रमितलाई राखेर उपचार गर्ने तयारी भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।  

ती अस्पताललाई थप व्यवस्थित गर्न र प्रयोगको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालय र स्थानीय तहले पहल गर्नुपर्ने डिसिएमसीले निर्णय गरेको छ। मनमोहन अस्पताल, नेसनल मेडिकल कलेज, जनमैत्रीलगायत १० वटा अस्पतालको बेडसहित सिफारिस गरिएको छ।

स्वास्थ्य सेवा विभागले निजी अस्पताल प्रयोगका लागि थप कार्ययोजना तयार गरेको छ। सरकारलाई तत्कालै निर्णय गर्न आग्रह गरिएकोले सोमबार नै यसको निर्णय भएको थियो। क्वारेन्टिनका रूपमा रहेका केही सेन्टरलाई पनि आइसोलेसनका रूपमा विकास गर्न सिफारिस गरिएको छ। यस्तै तालिम केन्द्रहरूलाई पनि आइसोलेसनका रूपमा प्रयोग गर्नेगरी तयार गर्न सिफारिस गरिएको छ। यी स्थान पहिलो चरणमा तयार गरेर बाँकी केही ठूला होटललाई पनि प्रयोग गर्न सकिने डिसिएमसीको सिफारिस छ। सरकारले आइतबार ९ सय ५० बेड क्षमताको क्वारेन्टिन निर्माण कार्य थालेको जनाएको छ। (नागरिक दैनिकमा खबर छ)