२९ श्रावण २०८३, शुक्रबार
,
Latest
काँग्रेसलाई एकतावद्ध बनाउन देउवा र युवा पुस्ताको भुमिका अपरिहार्यः विजयकुमार गच्छदार ‘काँग्रेसको गरिमा र एकताका लागि देउवाकै नेतृत्व अपरिहार्य’: डा. प्रकाशशरण महत ‘निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ, गगन थापाले गल्ती सच्याउनुपर्छ’-नेता सिटौला काँग्रेसलाई एकतावद्ध बनाउन देउवाको भुमिका निर्णायकः लेखक १४ औँ महाधिवेशनको समिति पुनस्र्थापित नभएसम्म पार्टी एकता सम्भव छैनः नेता साउद शङ्खरापुर नगरपालिकाको वार्षिक प्रगति ७७ प्रतिशत : २१४ सडक–पुल पूर्वाधार सम्पन्न आँधीखोलाले बगाएका युवक मृत अवस्थामा फेला हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, व्यवसायीलाई खेती गर्न उद्योगमन्त्री यादवको आह्वान सरकारी सूचना प्रवाहलाई चुस्त तुल्याउन सम्पादकहरूको सुझाव ‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

विक्की कौशलको फिल्म ‘छावा’ ५ सय करोड नजिक



अ+ अ-

एजेन्सी । विक्की कौशलको फिल्म ‘छावा’ले रिलिज भएको तेस्रो हप्तामा पनि राम्रो कमाई गरिरहेको छ ।

बक्स अफिसमा रिलिज भएको तेस्रो सोमबार अर्थात् १८ औँ दिन ‘छावा’ले ८.५० करोड भारु कलेक्सन गरेको छ । यससँगै फिल्म ५ सय करोड कमाउनबाट थोरै मात्र टाढा छ ।

यो फिल्मले रिलिजको पहिलो तीन दिनमै बक्स अफिसमा सय करोडभन्दा बढीको व्यापार गरेर इतिहास रचेको थियो । ‘छावा’ले ३१ करोड कमाएर खाता खोलेको थियो ।

फिल्मले पहिलो हप्तामा २१९.२५ करोड कमाएको थियो भने दोस्रो हप्तामा १८०.२५ करोड भारु बराबर कलेक्सन गरेको सेकनिल्कले जनाएको छ ।

यस्तै, फिल्मले १५ औं दिन १३ करोड कमाउदा १६ औं दिनमा २२ करोड, १७ औं दिन २२ र १८ औं दिन ८.५० करोड भारु कलेक्सन गरेको छ । योसँगै ‘छावा’को १८ दिनमा कुल कमाई ४६७.२५ करोड पुगेको छ ।

फिल्ममा विक्कीसँगै रश्मिका मन्दना, आशुतोष राणा र दिव्या दत्तजस्ता कलाकारहरुको अभिनय रहेको छ ।