२९ श्रावण २०८३, शुक्रबार
,
Latest
काँग्रेसलाई एकतावद्ध बनाउन देउवा र युवा पुस्ताको भुमिका अपरिहार्यः विजयकुमार गच्छदार ‘काँग्रेसको गरिमा र एकताका लागि देउवाकै नेतृत्व अपरिहार्य’: डा. प्रकाशशरण महत ‘निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ, गगन थापाले गल्ती सच्याउनुपर्छ’-नेता सिटौला काँग्रेसलाई एकतावद्ध बनाउन देउवाको भुमिका निर्णायकः लेखक १४ औँ महाधिवेशनको समिति पुनस्र्थापित नभएसम्म पार्टी एकता सम्भव छैनः नेता साउद शङ्खरापुर नगरपालिकाको वार्षिक प्रगति ७७ प्रतिशत : २१४ सडक–पुल पूर्वाधार सम्पन्न आँधीखोलाले बगाएका युवक मृत अवस्थामा फेला हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, व्यवसायीलाई खेती गर्न उद्योगमन्त्री यादवको आह्वान सरकारी सूचना प्रवाहलाई चुस्त तुल्याउन सम्पादकहरूको सुझाव ‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सुरक्षा कोषमा अझै बढ्न सकेन आकर्षण, कार्यविधि संशोधनले बढ्ला त ?



अ+ अ-

काठमाडौँ । सरकारले शुरु गरेको सामाजिक सुरक्षा कोषमा अझै पनि आकर्षण कम देखिएको छ । सामाजिक सुरक्षा कोषकाअनुसार २० हजार १९० प्रतिष्ठानमा काम गर्ने ५ लाख ६५ हजार श्रमिक सामाजिक सुरक्षा योजनामा सहभागि भएका छन् ।

२०७८ को जनगणनाअनुसार नेपालको कुल श्रमशक्ति करिब १ करोड ६८ लाख रहेको अनुमान छ । औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको संख्या २५ लाखदेखि ३५ लाखसम्म हुनसक्ने अनुमान छ । औपचारिक क्षेत्रकै ठूलो जनशक्ति अहिलेसम्म सामाजिक सुरक्षा कोषमा जान सकेको छैन ।

आकर्षण बढ्न नसकिरहेकै बेला सरकारले भने कार्यविधि संशोधन गरेको छ । सामाजिक सुरक्षा कोषका उपकार्यकारी निर्देशक विवेक पन्थीले सामाजिक सुरक्षा योजनामा थप आकर्षण बढाउनकै लागि कार्यविधि पाँचै पटक संशोधन गरिएको र यो लागू भइसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो– ‘कार्यविधि संशोधन गरेर सुविधाहरु थपिएको छ । कोषले यसअघि योगदानकर्ता र दम्पतीसमेतलाई सुविधा दिँदै आएकोमा अब छोराछोरीले समेत पाउने गरि गरिएको छ । ६० महिना योगदान गर्ने योगदानकर्ताको १ लाखले उपचार सम्भव नहुने अवस्थामा १० लाख रूपैयाँसम्मको खर्चमा तोकिएका अस्पतालमा उपचार गर्दा लागेको खर्चको ५० प्रतिशत रकम व्यहोर्ने व्यवस्था थपिएको छ । दुर्घटनामा परेमा योगदानकर्ताको उपचारमात्रै गर्ने यसअघिको व्यवस्थामा अहिले योगदानकर्ताका दम्पती वा सन्ततिको पनि १ लाखसम्म सुविधाको प्रावधान राखिएको छ ।’

संशोधित व्यवस्थाअनुसार पछिल्लो ६ महिनाको योगदानमा कम्तीमा ३ महिना लगातार योगदान गर्ने योगदानकर्ता, उसको पति वा पत्नी र १८ वर्षमुनिका छोराछोरीले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तरगत औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना सुविधा पाउने भएका छन् । योगदानकर्तालाई अरु दुर्घटनामा ७ लाख नबढ्नेगरी र कामको सिलसिलामा भएको दुर्घटनामा भने लागेको सबै व्यहोर्ने व्यवस्था छ ।

कोषमा योगदान गर्न शुरु गरेका योगदानकर्ताले पहिलो तीन महिनाको लगातार योगदान गरेपछि सुविधा प्रारम्भ हुनेछ भने श्रम सम्बन्ध अन्त्य भई योगदान गर्न छाडेको ३ महिनासम्म लागू रहने जस्ता नयाँ व्यवस्था राखिएको छ । सामाजिक सुरक्षा कोषमा हालसम्म ७५ अर्ब ३६ करोड संकलन भइसकेको छ । यो कार्यक्रम अघिल्लो पटक प्रधानमन्त्री भएका बेला केपी ओलीले शुभारम्भ गर्नुभएको थियो ।