२१ भाद्र २०८३, आईतवार
,
Latest
तीन दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो गृहमन्त्री गुरुङ सैनिक अस्पतालमा भर्ना प्युठानको काईया राष्ट्रिय वनमा बेवारिसे अवस्थामा ९ थान अवैध हतियार फेला कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै भोटेकोशी बाढीः बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो कांग्रेस सभापति थापा र नेता कोइरालाबीच भेटवार्ता, पार्टी एकतामा जोड नुवाकोटका भण्डारीद्वारा प्रधानमन्त्री राहत कोषमा दश लाख सहयोग रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार जलवायु परिवर्तनबाट प्रभावित नेपालले अन्तर्राष्ट्रिय समुदायसँग न्याय र क्षतिपूर्ति माग्नु पर्छ: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिकाथलीमा बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्कियो



अ+ अ-

ललितपुर । टिकाथलीमा पानीको बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्किएको छ । करिब ३ सय मिटर बोरिङको पाइप गाडिसकेपछि त्यहाँबाट आगोको ज्वाला निस्किएको हो ।

स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरेपनि आगो ननिभेपछि बोरिङ गर्ने काम रोकिएको छ ।

बोरिङ खन्ने क्रममा ग्यास निस्किएको र त्यसमा आगो लागेको हुनसक्ने ललितपुर प्रहरी परिसरका प्रवक्ता नरहरि रेग्मीले बताए । उक्त स्थानमा सिनियर टोली नै पठाएर बुझ्ने काम भइरहेको उनले बताए ।

आगोको ज्वाला निस्किएको सन्दर्भमा वैज्ञानिक पुष्टि हुन बाँकी रहेको उनले बताए ।