ललितपुर । टिकाथलीमा पानीको बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्किएको छ । करिब ३ सय मिटर बोरिङको पाइप गाडिसकेपछि त्यहाँबाट आगोको ज्वाला निस्किएको हो ।
स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरेपनि आगो ननिभेपछि बोरिङ गर्ने काम रोकिएको छ ।
बोरिङ खन्ने क्रममा ग्यास निस्किएको र त्यसमा आगो लागेको हुनसक्ने ललितपुर प्रहरी परिसरका प्रवक्ता नरहरि रेग्मीले बताए । उक्त स्थानमा सिनियर टोली नै पठाएर बुझ्ने काम भइरहेको उनले बताए ।
आगोको ज्वाला निस्किएको सन्दर्भमा वैज्ञानिक पुष्टि हुन बाँकी रहेको उनले बताए ।










