४ पुष २०८२, शुक्रबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुलिस क्लब वीरगञ्ज गोल्डकपको सेमिफाइनमा



अ+ अ-

वीरगञ्ज। नेपाल पुलिस क्लब यहाँ जारी दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । वीरगञ्जको आदर्शनगर रङ्गशालामा आज भएको खेलमा पुलिस क्लबले बागमती युवा क्लब, सर्लाहीलाई २–१ गोल अन्तरले हराएको हो ।

खेलको १६औँ मिनेटमा पुलिस क्लबका मनिष सेढाईले उत्कृष्ट गोल गर्दै खेलमा आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । विवेक पाण्डेको उत्कृष्ट पासमा सेढाईले हेडिङमार्फत गोल गरेका थिए ।

यस्तै खेलको २६औँ मिनेटमा बागमती युवा क्लबका भुपाल मगरले गोल गरेका थिए । यसैगरी खेलको ७६औँ मिनेटमा पुलिस क्लबका कप्तान रामचन्द्र वाजीले उपलब्ध गराएको पासको सदुपयोग गर्दै सोही क्लबका उज्ज्वल राईले दोस्रो गोल गर्दै आफ्नो टोलीलाई सेमिफाइन प्रवेश गराएका थिए ।

सेमिफाइनमा अब पुलिस क्लबले आयोजक वीरगञ्ज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । यही फागुन १७ गतेदेखि सुरु भएको वीरगञ्ज गोल्डकप फागुन २४ गतेसम्म चल्ने छ । प्रतियोगिताको विजेताले रु ११ लाख ११ हजार एक सय एघार तथा उपविजेताले रु पाँच लाख ५५ हजार ५५५ पुरस्कार पाउने छ । प्रतियोगिताको सर्वाेकृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिनेछ । उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही रु २० हजार पुरस्कार प्रदान गरिनेछ ।रासस