२९ श्रावण २०८३, शुक्रबार
,
Latest
सिरुबारी पहिरोः बेनी–जोमसोम सडकको मुख्य चुनौती निर्णय सच्याउन बारको माग वन विज्ञानलाई विकासको आयामका रूपमा लिन उपकुलपति थापाको जोड बाबाधाम गएका तीन तीर्थयात्रीको निधन, १२ घाइते काँग्रेसलाई एकतावद्ध बनाउन देउवा र युवा पुस्ताको भुमिका अपरिहार्यः विजयकुमार गच्छदार ‘काँग्रेसको गरिमा र एकताका लागि देउवाकै नेतृत्व अपरिहार्य’: डा. प्रकाशशरण महत ‘निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ, गगन थापाले गल्ती सच्याउनुपर्छ’-नेता सिटौला काँग्रेसलाई एकतावद्ध बनाउन देउवाको भुमिका निर्णायकः लेखक १४ औँ महाधिवेशनको समिति पुनस्र्थापित नभएसम्म पार्टी एकता सम्भव छैनः नेता साउद शङ्खरापुर नगरपालिकाको वार्षिक प्रगति ७७ प्रतिशत : २१४ सडक–पुल पूर्वाधार सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान



अ+ अ-

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति हुनुभएका कृष्णबहादुर जिसीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा उहाँलाई उपरथी दर्जाको दर्ज्यानी प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सरकारले उहाँलाई यही फागुन १२ गते उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । पदोन्नतिसँगै उपरथी जिसीलाई मध्य पूर्वी पृतनाको पृतनापतिमा नियुक्त हुनुभएको छ ।

सोही अवसरमा महासेनानीमा पदोन्नति हुनुभएका प्राविधिक प्रमुख सेनानी डा कुन्दविक्रम शाहलाई पनि दर्जाको दर्ज्यानी चिह्न प्रदान गरिएको सेनाले जनाएको छ ।